कमल प्याकुरेल
लम्की/साउन, १६
   कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा शुक्रवार एकै दिन चारवटा विद्यालयका नवनिर्मित भवनहरूको उद्घघाटन गरिएको छ । शुक्रवार नगर प्रमुख सुशीला शाहीले नवनिर्मित सो भवनहरूको उद्घघाटन गरेकी छन् । 
  लम्कीचुहा नगरपालिका वडा नं. २ मा रहेको जनसेवा माध्यमिक विद्यालय,  वडा नं. ३ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय , वडा नं. ६ मा रहेको कृष्ण माध्यमिक विद्यालय,  र वडा नं. ७ मा रहेको बालसेवा माध्यमिक विद्यालयका नव निर्मित भवनहरूको विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, तथा स्थानीय समाजका अगुवाहरूको उपस्थितिमा उद्घाटन गरिएको हो ।
सरोकारवाला यो पहललाई अत्यन्त स्वागतयोग्य र ऐतिहासिक भनेका छन् । नगरपालिकाको यो ऐतिहासिक पहलले स्थानीय शिक्षा क्षेत्रमा मात्र होइन, स्थानीय सरकारको सक्रियता कसरी हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।