लम्की/चैत्र १३ गते 

 लम्कीचुहा नगरपालिकाका संस्थापक नगर प्रमुख महादेव बजगाईलाई मातृ शोक परेको छ । बजगाईकी ७२ वर्षीय आमा दुर्पाता देवि बजगाईको उपचारको क्रममा भेरी प्रादेशिक अस्पताल, नेपालगंजमा देहान्त भएको छ । मुटुको रोगका कारण ५ दिन यता भेरी भेरी प्रादेशिक अस्पतालमा उपचार भइरहेकोमा आज बिहान देहान्त भएको हो । 
  संस्थापक नगर प्रमुख महादेव बजगाईकी आमाको अन्तिम संस्कार भोली अर्थात बिहीवार चिसापानी कर्णालीमा हुने पारिवारले जानकारी दिएको छ ।