कैलाली डेस्क
लम्की, चैत १५
 नेकपा एमाले कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य बहादुर थापाले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । 
  निर्वाचन आयोगमा पेश गरिएको विवरणअनुसार थापाले निर्वाचन अवधिमा कुल २६ लाख ९४ हजार ७८० रुपैयाँ खर्च गरेका छन् ।
  खर्च विवरणअनुसार सबैभन्दा बढी सवारी साधान भाडामा ५ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ। त्यस्तै, मनोनयन दर्ता शुल्क शीर्षकमा १० हजार रुपैयाँ खर्च गरिएको विवरणमा जनाइएको छ ।
निर्वाचन खर्च विवरण प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा आयोगले तोकेको आचारसंहिताअनुसार तयार गरी पेश गरिएको जनाइएको छ ।

बाँकी खर्चको विवरण हेर्नुहोस् ।