अक्षर साथी
लम्की/असार ५
कैलालीको लम्कीचुहा–२ रहेको श्री नगर उद्यान मोहनलाल सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्तहरूलाई बाख्रा वितरण गरेको छ ।
बिहीवार समूहको कार्यालयमा विपन्न परिवारका १६ उपभोक्तालाई ६१ बाख्रा वितरण गरिएको वनका अध्यक्ष बखत बहादुर विष्टले जानकारी दिए । त्यस्तै अध्यक्ष विष्टले उपभोक्ताको आयआर्जन वृद्धि गर्नको लागि घुम्ती कोष कार्यक्रम अन्तरगत बाख्रा वितरण गरिएको बताए ।
वितरण गरिएको ६१ बाख्राको वीमा पनि वनले नै गरिदिएको छ । ‘उपभोक्ताको मेहनत खेर नजाओस्, उहाँहरू आम्दानी बढोस् भन्ने हामीले चाहेका हौं’ कार्यालय सचिव पदम तिरुवाले भने, ‘भविष्यमा केही क्षति भएमा त्यस क्षतिको वहन गर्नको लागि वीमा गरिदिएका छौंँ ।’
मोहनलाल सामुदायिक वनले गत वर्ष पनि आफ्ना उपभोक्तालाई आवास तथा बाख्रा वितरण गरेको थियो ।
मोहनलाल वनद्धारा आफ्ना उपभोक्तालाई बाख्रा वितरण

प्रतिक्रिया दिनुहोस्