कैलाली/असोज ११

कैलालीमा अवैध ४५ हजार रुपैयाँ मूल्य बराबरको  ब्याट्री बरामद गरिएको छ । 

जिल्लाको  धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट शुक्रबार प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका ब्याट्री बरामद गरेको हो  ।


प्रहरी चौकी त्रिनगरबाट खटिएको गस्ती टोलीले करिब ४५ हजार रुपैयाँ मूल्य बराबरको इन्भर्टर ब्याट्री सोमबार बेवारिसे अवस्थामा फेला पारेको हो ।