कैलालीको लम्कीचुहा नगरपालिका वडा नं। २ को कार्यालय, गणेशपुरले आफ्ना वडाका किसानका पशुहरूको बीमा निःशुल्क गरिदिएपछि किसान हर्षित भएका हुन् । यसरी वडा कार्यालयले किसानका दूध दिने गाई र भैंसीलाई लक्षित गर्दै निःशुल्क पशु बिमा गरिदिएपछि किसान हर्षित बनेका हुन् । ‘निक्कै मेहनतका साथ भैंसी पालन गर्नुपर्छ । भैंसीबाट पाउने दूध बजारमा लिएर बेच्दा घरखर्च चलाउन सजिलो होला भनेर हामी निक्कै मेहनतका साथ टाढा टाढाबाट घाँस काटेर ल्याउँछौ । यसरी मेहनत गरेको पालेको पशु चौपायाबाट फल पाउने बेलैमा गुमाउनुपरे हामीलाई निक्कै पीडा हुन्थ्यो । पशु चौपाया पाल्नै डर लाग्थ्यो ।,’ किसना मीन बहादुर बिष्टले भने, ‘अब भने ढुक्क भएर पशु चौपाया पाल्ने छौँ । वडा कार्यालयले हाम्रा गाई, भैंसीको निःशुल्क बीमा गरिदिएको छ । पशु चौपायालाई केही भएमा त्यसको क्षति व्यवस्थापन हुने भएकाले हामी हर्षित छौँ ।’ किसानहरूलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्य राखेको यस बिमा कार्यक्रमले पशुपालक किसानहरूलाई जोखिम व्यवस्थापनमा मद्दत पु¥याउने विश्वास गरिएको छ वडा अध्यक्ष सन्तोष कुमार ओली बताए । ‘वडा कार्यालयले किसानहरूलाई आफ्नो पशु चौपाया गुमाएको गा्रहो अवस्थामा आर्थिक सुरक्षा प्रदान होस, पशुहरूको स्वास्थ्यमा आउने अप्रत्याशित समस्या हुँदा उनीहरू आर्थिक संकटमा नपर्ने सुनिश्चित गर्नको लागि यो कार्यक्रम ल्याइएको हो ।’ वडा अध्यक्ष ओली भने । कार्यक्रम अन्तर्गत, बिमा गरिएका पशुहरूको विभिन्न स्वास्थ्य समस्याहरूमा उचित राहत प्रदान , पशुको मृत्यु भएमा बिमितले बिमा रकमको ९० प्रतिशत क्षतिपूर्ति प्राप्त गर्न सक्नेछन् । त्यस्तै, बाँझोपन देखिएमा ५० प्रतिशत क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ भने, थुनेलो भएमा ३० प्रतिशत राहत प्रदान गरिने छ । वडा कार्यालयले किसानहरूलाई पशुपालनमा आउने विविध समस्याहरूलाई सामना गर्न आर्थिक रूपले सशक्त बनाउने लक्ष्य राखेको छ । त्यस्तै पशुचौपायाको मात्र नभएर पशुपालक किसानको पनि वडा कार्यालयले बिमा गरिदिएको छ । पशु सँगसँगै पशुपालक किसानहरूको पनि २ लाखको बिमा गरिएको छ । त्यस्तै वडा अध्यक्ष सन्तोष कुमार ओलीले बिमा सुविधाबाट कोही पनि वञ्चित नहुन आग्रह गरेका छन् । उनले किसानहरूलाई यो अवसर उपयोग गरेर आफ्नो पशुपालन व्यवसायलाई थप सुरक्षित बनाउन सुझाव दिएका छन् ।
लम्कीचुहा वडा नं. २ ले पशुको निःशुल्क बीमा गरेपछि किसान हर्षित

प्रतिक्रिया दिनुहोस्