कमल प्याकुरेल 
लम्की/असोज ७

लम्कीमा रहेको हाम्रो पाठशाला स्कुलले  लम्की बाल सञ्जाललाई टिसर्ट सहयोग गरेको छ । 

विद्यालयका प्रिन्सिपल कृष्ण बटालाले १२ थान टिसर्ट सोमबार औपचारिक रूपमा सञ्जालका अध्यक्ष क्षितिज जैसीलाई हस्तान्तरण  गरेका हुन । सहयोग ग्रहण गर्दै लम्की बाल सञ्जालका अध्यक्ष क्षितिज जैसीले विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गरेका छन  ।    

विद्यालयका प्रिन्सिपल कृष्ण बटाला शिक्षण क्षेत्रमा मात्र नभई सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएका व्यक्ति हुन ।