कमल प्याकुरेल
लम्की /असोज ६

कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरस्थित पूर्णिमा सामुदायिक वन नजिकैबाट आइतबार साँझ एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार सोही स्थानका २२ वर्षीय खडक सिजाली मगर पक्राउ परेका हुन । आइतबार  साँझ करिब ७ बजे शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट करिब १ ग्राम खैरो हिरोइन फेला परेको हो ।


उक्त पदार्थसहित मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।