कञ्चनपुरबाट अवैध लागुऔषधसहित डोटीका एक युवक पक्राउ परेका छन्।
जिल्लाको पुनर्वास नगरपालिका–११ डोके बजारबाट १ ग्राम ७० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइन सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ जिजिकोट बस्ने २५ वर्षीय टेकेन्द्र कुँवर रहेका छन्। प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुकी उनी भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्