नेत्रप्रसाद न्यौपाने 
लम्की,भदौ २४
मुस्लिम धर्मावलम्बीहरुको पर्व मोहरम्म ताजिय मंगलबार विर्सजन गरिएको 
छ । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ५ मा रहेको बालबिद्या 
मन्दिर आधरभुत विद्यालयमा ताजिय मेला लागी वडा नम्बर ५ कै कुलरीया 
नदीको छेउमा रहेको कर्बलामा विर्सजन समेत गरिएको छ । मुस्लिम 
धर्मावलम्बीहरुले मोहरम्म पर्व मुस्लिम समुदायका अगुवा हजाद मोहम्दका 
नाती अलि,हसन,हुसेनले कर्बलामा आफनो प्राणको आहुती दिएको 
सम्झनामा बत्र बसी तथा दिनभर खाली खुट्टामा उभिएर, मनाउने चलन 
समेत रहेको मुस्लिम समुदायका अगुवाहरुको भनाई रहेको छ ।
 ताजिय मोहरम्म पर्व ७ औं दिनमा घरको आगनमा निशाना गाडने ,९ औं 
दिनमा ताजिय चौतारो तथा आगनमा राख्ने र १० औं दिनमा कर्बलामा लिएर 
सेलाउने परम्परा रहि आएको जानकी गाउँपालिका वडा नम्बर ५ का अगुवा 
मुस्लिम समुदायका मार्गदर्शक ६२ वर्षिय सब्बीर अली जागाले बताउनु 
भयो । 
पर्वमा मुस्लीम समुदायका युवाहरुले ढोल,तासा,झाज बजाउने र लठ्ठी खेल 
खेल्ने समेत गर्दछन भने रोटीको टुक्रा बनाई,घिउ,चिनी हाली 
बनाईएको परिकार (मलीदा) र भातमा रंग र चिनी हाली बनाएको परिकार (
जर्दा) खाने चल्न समेत रहेको छ । ग्रामिण क्षेत्रमा ताजिया मेला निकै 
प्रख्यात छ । पहिला साविक गाउँविकास समिति तथा गाउँ पन्चयात हुदा यो पर्व 
मुस्लिम समुदायले मात्र नभई थारु समुदायले समेत मनाउदै आएको अगुवा 
जागाको भनाई छ ।
यस पर्वमा सम्पुर्ण जातजातिका मानिसहरु आई ताजियमा आफनो मनमा 
लागेको कुरा माग्ने समेत गरेको बताईएको छ । ताजिय यो क्षेत्र कै 
नमुनाको रुपमा रहदै आएको छ । यहाँ बिगत लामो समय देखि ताजिया मेला 
लाग्दै आएको छ ।खासगरी मुस्लिम समुदायले मनाईरहेको ताजिया मेला 
हिन्दुहरुकोे लागि समेत आकर्षणका केन्द्रको रुपमा बन्दै गइरहेको छ । 
हिन्दुहरुले समेत मेलामा सहभागी भई मेलामा मनोरन्जन गर्दै आएका 
छन । उक्त अवसरमा मेला समेत लाग्ने गर्दछ ।
मुस्लिम युवाले मोहर्रममा रातभरि जाग्रम बसी नांगो खुट्टाले आगोमा 
हिँड्ने, फलामको सिक्रीले शरीरमा हान्ने र ब्लेडले छाती चिरेर दुःख 
मनाउँछन् ।हिन्दुहरुको पनि ताजिया बाबाले धेरै मनोकामना पूरा 
गरेकोले तााजिया मेलामा हिन्दुहरु पनि शरिरमा घण्टि बाधेर ताजिया 
बाबाको घण्टौ सम्म परिक्रमा गर्दै ताजियाबाबा लाई धर्मिक रुपमा 
मान्दै आएको हिन्दु धर्मावलम्बीले बताएका छन । जानकी गाउँपालिका 
वडा नम्बर ५ पथरैया,८ खैरीपुर र २ बढ्रीया गरि करिब ४० घरधुरी 
मुस्लिम समुदायको बसोबास रहेको छ ।