लम्की/भदौ, २५
   कैलालीको लम्कीचुहा नगरपालिकाका संविधानको रक्षा गर्नुपर्ने आवाज उठाइएको छ । 
लम्कीमा ‘अधिकार खोस्न पाइदैन्,संविधान मेट्न पाइदैन्, लोकतान्त्रिक गणतन्त्र जिन्दावाद’ लगायतका नारा रहेको प्ले कार्ड प्रदर्शन गर्दै संविधान रक्षा गर्न अपिल गरिएको छ । 
त्यस्तै जेनजीका आवश्यक माग पूरा गर्दै वार्ता र संवाद मार्फत संविधानसम्म तरिकाले निकासाको पहिचान गर्नु पर्ने बताए । 
विश्वेस्वर उपाध्याले जेनजीको माग पूरा गर्दै जनताको लामो त्याग तपस्या र बलिदानीकोे जगमा आएको संविधानको रक्षा गर्नु पर्ने हामी सबैको कर्तव्य रहेको बताए ।