अक्षर साथी 
कैलाली/असोज २१
कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको जोशीपुर गाउँपालिका–७ घैलाबौनियामा करेन्ट लागेर ३६ वर्षीय मिलन डगौरा मृत्यु भएको हो ।

सोमबार साँझ घर नजिकैको नालामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।