कैलालीको लम्कीचुहा नगरपालिका वडा नंम्बर ८ ले आफ्नो वडामा रहेका स्वास्थ्य स्वयंसेविका लाई साईकल वितरण गरेको छ । 
  सोमबार वडा कार्यालयमा स्वंयसेविकाहरुलाई ९ थान साईकल वितरण गरीएको वडा अध्यक्ष पुर्ण बहादुर बिष्टले बताए ।
वडा अध्यक्ष बिष्टले महिला स्वास्थ्य स्वयंसेविका रात दिन नभनेर वडामा आउने स्वास्थ्य समस्या सुल्झाउनका लागि खटिने भएपनि राज्यको तर्फबाट खासै केही गर्न नसकिएता पनि वडाले उहाँहरुको कामको उच्च मुल्यामंकन गर्दै साईकल बिवतरण गरेको बताए ।
वडाले साईकल दिएर आफ्नो काम सहज भएको तथा काम गर्न हौसला प्रदान गरेको स्वयंसेविकाहरुले बताए । 
 आर्थिक बर्ष २०७६÷७७ का लागि वडामा ८० हजार रुपैया स्वयंसेविकाको साईकल खरीदका लागि बजेट विनियोजन गरेकै बाट ९ थान साईकल वितरण गरीएको हो ।