अक्षर सारथी
लम्की/ससाउन २२
कैलालीको लम्कीचुहा नगरपालिका–१ का पारा साहसिकसाइकल यात्री स्वर्गीय यम रसाइलीको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ ।
नेपालगंजसाइकल क्लबको पहलमा देशभरीका साइकलक्लबहरुले विभिन्न व्यक्ति, संस्थाहरुबाट आर्थिक संकलन गरेर शुक्रबार अपांग चेतना समाज, कैलालीको भल्का स्थित कार्यालयमा स्व. रसाईलीका परिवारलाई सो सहयोग रकम प्रदान गरिएको हो ।
आर्थिक सहयोग अभियानका संयोजक गगन सिंह थापा, लम्कीचुहा नगरपालिकाका नगर उप प्रमुख जुना चौधरी, वडा नं १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल, अपांग चेतना समाज कैलालीका अध्यक्ष प्रेम बयकले स्व. रसाईलीकी पत्नी बिन्दु रसाईली तीन लाख बराबरको चेक र एक थान साइकल हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रकी प्रमुख अतिथि तथा नगर उप प्रमुख जुना चौधरीले स्व. रसाईलीलेलम्कीचुहाको पहिचान दिलाउनमा योग्दान दिएको स्मरण गर्दै उनका बालबालिकालाई उच्च शिक्षासम्मको व्यवस्था मिलाउने बताइन् ।
त्यस्तै वडा नं १ का अध्यक्ष नेत्र प्रसाद खनालले परिवारको माग भए बमोजिमको एक चोक तथा मार्गलाई ‘यमलाल’ नामाकरण दिने सम्बन्धमा राजनीतिक सहमतिको प्रयास गर्ने बताए ।
अपांग चेतना समाज कैलालीका अध्यक्ष प्रेम बयकले स्व. रसाईलीविलक्ष्ण प्रतिभा भएको स्मरण गर्दै अपांग चेतना समाजको भवन स्थापना रसाईलीको ठूलो भूमिका रहेको बताए ।‘स्व. रसाइलीविलक्षण प्रतिभाको धनी हुनुहुन्थ्यो भने, मेरो अत्यन्तै मिलनसार मित्र हुनुहुन्थ्यो । उहाँको सपना पारा ओलम्पिक सम्म पुग्ने सपना थियो । जसका लागि उहाँ सम्पूर्ण त्याग तयार समेत हुनुहुन्थ्यो ।,’ अध्यक्ष बयकले भने, ‘अपांग भएकाहरुका लागि केही गर्नुपर्छ भन्ने मनमा भावना भएका रसाइलीको यस अपांग चेतना समाज कैलालीको भवन निर्माण ठूलो भूमिका रहेको छ ।
यमलाल रसाइली परिवार सहयोग अभियानका संयोजक गगन सिंह थापाले यमलाल लाई देखेपछि नेपालगंजमासाइकिलिङ उत्साह थपिने गरेको बताउँदै परिवारलाई सानो सहयोग रकमले परिवारलाई राहत पुग्ने विश्वास लागेको बाए ।
स्व. रसाइलीको परिवारले प्राप्त भएको रकमले राहत भएको बताए । साथै, साईकल क्लबका परिवारहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
पारा साईकिलिस्ट यमलाल रासाईलीको कोरोनाका कारण २०७८ बैशाख १७ गते निधन भएको थियो । स्व. रसाईलीका उहाँको श्रीमती, दुई सन्तान छन् ।
को हुन् यम रसाइली
पछिल्लो समय कैलालको लम्कीचुहा नगरपालिका–१, लम्की बजार स्थित मुनलाईटटेलरिङ्ग सेन्टर सञ्चालन गर्दै आएका रसाईलीपुर्वी नेपालको पर्वत जिल्लामा पुख्र्यौली घर भएका रसाइलीको ४ वर्षको उमेरमा नै दायाँ खुट्टा गुमेको हो । घरको माईलो छोराको रुपमा जन्म लिएका रसाइलीको तिहारको समयमा रातभर ज्वरो आयो र खुट्टा पनि एकदमै दुखेको थियो । उनलाई धेरै दिनसम्म धामी झाँक्रि देखाईयो तर दुखाई बीसको उन्नाईस भएन । पछि गाउँमै रहेका वैद्यले उहाँको खुट्टामा काप्रो बानिदिए । त्यसको केही दिनपश्चात काप्रो उम्काउँदा त्यो सँगै रसाईलीको दायाँ खुट्टाको साँप्राको मासु पनि त्यो सँगै निस्कियो । त्यसपछि अन्त्यमा खुट्टा काट्नुको बाहेक अरु विकल्प केही रहेन । चार वर्षको उमेरमै खुट्टा गुमाएका थिए । एउटा खुट्टाको भरमै साईकल चलाउँदै नेपालका ३८ जिल्ला घुमिसकेका थिए ।
उनले २०५९ मा महाकालीदेखि मेची सम्मको साइकल यात्रा समेत गरेका थिए भने भारतका विभिन्न स्थानमा पनि साईकल रेसमा भाग लिएका थिए । २०७५ को जेठ १५ मा ‘अपाङ्गता नागरिकहरुको समान सहभागिता, सामाजिक न्यायमा सुनिश्चितता लम्कीदेखि रारासम्म’ नामक साईकल यात्रा पनि गरेका थिए । यो नै उनको अन्तिम लामो साइकल यात्रा बन्न पुग्यो ।
स्वर्गीय यम रसाइलीको परिवारलाई आर्थिक सहयोग

प्रतिक्रिया दिनुहोस्