लम्कीचुहा नगरपालिका वडा नं ८, डम्मरीयाका किसान रतन नेपाली अहिले दङ्ग छन् । खेतीपाती गर्न तथा पशु चौपाय पाल्नका लागि पानीको उपलब्धता सहज भएपछि नेपाली दङ्ग भएका हुन् ।
   किसान नेपाली भन्छन्–“ सिजनमा खेतिपाती गर्न सकिदैन थियो । हाम्रै छिमेकी गाउँमा असारमै धान लगाए पनि हामिहरु भने साउनमा धान        लगाउनु  पर्ने बाध्यता थियो । त्यस्तै पशु चौपायका लागि दिउँसो पानी पिलाउन पनि दुई –तिन किलोमिटर टाढा जानु पर्ने अवस्था थियो । अहिलेको यो चैत बैशाखको समयमा त नल्कामा पानी नै आउदैन गएको साल त छिमेकी गाउँका धारामा गएर पानी पिएका थियौं  । तर  वडाले यसै बर्ष डम्मरीयामा पानीको लागि          बोरीङ्ग लगाई दिएपछि हाम्रा दुःख का दिन गएका छन् । ” 
   किसान नेपाली खुशी हुदै भन्छन् – अब वडाले आगानमै बोरीङ्ग लगाई दिएपछि यसपाली त धान समयमै लागाईन्छ । लम्कीचुहाका मेयर महादेव बजगाई र वडा अध्यक्ष पुर्ण बिष्टले चुनावको समयमा गरेको प्रतिबद्धता पुरा गरेका छन् ।”
    लम्कीचुहा नगरपालिकाको वडा नं ८ मा रहेको डम्मरीयामा करीब डेढ सय घर परिवार छन् । बचैला र मालभङ्गगाको बिचमा अन्य गाउँ भन्दा  अग्लो भागमा रहेको डम्मरीयमा पानीको समस्या बर्षौ देखि रहदै आएको थियो । दुई ढाई सय बिगाह जमिनमा खेति गरिने  डम्मरीया र आसपासको क्षेत्रमा खेति गर्नका लागि आकासे पानीकै भर पर्नु पर्ने अवस्था थियो । अरु ठाउँमा जेठमा बिउँ राखेर असारमै खेति गरीरहदा र आफुले साउन  कुनुपर्ने  हुदाँ डम्मरीयाका मनमा कम पिडा हुदैन थियो । पिउने पानी नै नहुदाँ सिचाईका लागि पानी त कल्पनाको कुरा थियो डम्मरया        लाई । चैत बैशाखको टन्टलापुर गर्मीमा तिर्खाएको समयमा झट्टै पानी पाउने अवस्था थिएन  डम्मरीयमा ।        डम्मरीयाका जनताले शुद्ध पानी पिउने सपना  धेरै पहिले   राखेको  भएपनि पुरा भने अहिले सम्म हुन सकेको    थिएन । धेरै बाट   धेरै पटक आश्वासन पाए पनि पुरा भने कहिलै भएन तर यस पटक भने  डम्मरीयाबासी खुशी छन् । पिउने पानीका लागि अब छिमेकी गाउँ नजानु पर्ने भए पछि डम्मरीयाबासी खुशी भएका हुन् । 
    डम्मरीयाबासीले सहयोग नगरेको भए  योजना सहजै सम्पन्न नहुने ठहर वडा अध्यक्ष पुर्ण बहादुर बिष्टको        रहेको छ । 
  अध्यक्ष पुर्ण बिष्ट भन्छन्–“यहाँ पानीको पहिले देखि नै समस्या थियोे ।  पानीको समस्या समाधानका लागि  बिगतमा धेरै ठाउँमा धाईए पनि सुनुवाई भने कतै भएन ।  निर्वाचनताका     डम्मरीयाबासी संग गरेको प्रतिबद्धता पुरा गर्नु पर्ने थियो । यस बर्षको बजेटमा बोरीङ्गका लागि बजेट पारे पछि काम शुरु भयो । तिन वटा       बोरिङ्ग हालिएको थियो ति मध्य दुई वटा संचालनमा छन् भने एउटाको मर्मतको काम भईरहेको छ । बोरिङ्ग बाट पानी आउन थाले पछि पिउने पानीको समस्या त हल भएको छ भने सिचाईमा पनि धेरै सम्म राहत हुने देखिएको छ । सिचाईको लागि एक किलोमिटर बाट पाईप तानेर पानी ल्याउनु पर्ने अवस्था अहिले पुर्णता हटेको छ । शुद्ध पिउने पानीका लागि पनि काम भईरहेको छ । सहरी विकास योजना अन्तरगत हाम्रो डम्मरीया तीस करोड रुपैयमा बृहत खानेपानी योजान शुरु हुदै छ । खानेपानीको योजान सम्पन्न भएमा डम्मरीयामा पानीको उपलब्धता धेरै मात्रामा सहज हुने दखिएको छ । 

">