जेठ, ८/ लम्की । लम्कीचुहा क्षेत्रको पूर्वपश्चिम राजमार्गलाई चार लेनको सडकमा स्तरोन्नति गरिने नगर प्रमुख सुशीला शाहीले बताएकी छन् । 
  आइतबार लम्कीचुहा नगरपालिकाको भवनमा  नव निर्वाचित जनप्रतिनिधिको प्रमाण पत्र ग्रहण कार्यक्रममा कैलाली पोष्टको ‘तपाईको कार्यकालको पहिलो काम के हुन्छ रु’  भन्ने प्रश्नको जवाफ दिदै लम्कीचुहा नगर प्रमुख शाहीले आफ्नो पहिलो काम लम्कीचुहा नगरपालिकाको क्षेत्रमा रहेको पूर्वपश्चिम राजमार्गलाई चार लेनको सडकको रुपमा स्तरोन्नति हुने बताएकी हुन् । 
त्यस्तै नगर प्रमुख शाहीले पार्टीलाई नहेरेर लम्कीचुहाको विकासमा जोड दिने बताइन् । 
 कार्यक्रममा लम्कीचुहाका निर्वाचन अधिकृत हिरालाल चौधरीले जनताको मतको सही मूल्यांकन हुनेमा विश्वास लिएको बताए । ‘निर्वाचित सम्पूर्ण पदाधिकारीलाई हार्दिक धन्यवाद, साथै निर्वाचन सफल पार्नमा सहयोग गर्नु हुने राजनीतिक दलका प्रतिनिधि उम्मेदवार, सुरक्षाकर्मी, मतदाता, सञ्चारकर्मीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ अधिकृत चौधरीले भने, ‘मेयर र उप मेयर महिला भएको दुलर्भ संयोग यस पालिकामा भएको छ । नगरपालिकाले समृद्धिको शिखर चुमोस् र जनताको मतको सही मूल्यांकन हुने कुरामा विश्वास लिएको छु ।’

No description available.
  सत्तापक्ष गठबन्धनको साझा उम्मेदवार रहेकी शाही १२ हजार सात सय १३ मत प्राप्त बिजयी भएकी हुन् ।  शाहीले गत स्थानीय तहको निर्वाचनमा सात हजार एक सय ८८ मत प्राप्त गरि विजय भएका र हाल नेकपा (एमाले) का उम्मेदवार महादेव बजगाईँलाई  हराउँदै विजय हासिल गरेकी हुन् । उनी कैलालीको पहिलो निर्वाचित महिला नगर प्रमुख समेत हुन् ।