कैलालीको लम्कीचुहा नगरपालिका वडा नंम्बर २ को रोरा खोलाको छेउमा बसेको बस्ती हो डोगरपुर  । २५ घरपरिवार रहेको सो गाउँमा बिं सं २०५० साल  यता बाट  बसोबास गर्दै आएका छन् । प्रत्येक सालमा आउने बाढीले उनिहरुको घर खेत संगै निन्द्र पनि लगेर जाने गरेको थियो । आकाशमा कालो बादल मडारीने बित्तिकै डोंगरपुर बासीको निन्द्र हराउने गर्दथ्यो । त्यो आपतकालिन अवस्था सम्झदै ४५ बर्षिय बुद्धि चौधरी           भन्छन् –“ बि.सं २०७० साल तिरको कुरा हो, साझ खाना खाएर सुत्ने तयारी मै थियौं गाउँबासी । बर्षात पनि निरन्तर भईरहेको थियो । सुतौं भनेर तयारी गरीरहदा एक्कासी         रोरा खोला ठुलो बाढी आयो । हामि सबै गाउँले चिन्तित भयौं । घरमा भएका  भाडा,बिस्तर अग्लो ठाउँमा लगेर राख्यौं । तर पनि हुने कुरा भएरनै छाड्यो , बाधुराम चौधरीको घर बगाएर लग्यो । बेलैमा थाहा भएकाले मानविय क्षति भएन । त्यस्ता पिडा आफु यहाँ बसोबास गर्दै आए देखि धेरै देखदै भोग्दै आएकी छु । 
    २५ घर परिवार रहेका        डोंगरपुरबासी मुख्यतः दैनिक ज्याला मजदुरीको भरमा जिविकोपार्जन गर्दै आईरहेका छन् । दैनिक मजदुरी बाट जिवन चलाई रहनेहरुका लागि आफैले रोरा खोलमा तटबन्ध गर्ने सम्भावना नै थिएन । त्यसैले बर्षाको समय आउने बित्तकै डोंगरपुर बासीका लागि चिन्ता लाग्न शुरु हुन्थ्यो । 
  तर, अब भने डोंगरपुरबासीको चिन्ताका दिन गएका छन् । लम्कीचुहा नगरपालिको पहलमा रानी जमरा कुलरिया सिचाइ आयोजनाकाके लागतमा लम्कीचुहा नगरपालिका भित्र १२ किलोमिटर तटबन्द गरीदिए पछि डोंगरपुरबासीको चिन्ता यो बर्ष बाट हराएको छ । 
   डोंगरपुरका २६ बर्षिय स्थानिय टीकारा चौधरीले यो भन्दा पहिलाको समयमा बर्षातको समयमा राती नसुतेर पानीको उचाई कहा पुग्यो भनेर छिन छिनमा टर्च लिएर जानु पर्ने बाध्यता अहिले नरहेको बताए । 
  टीकारामका अनुसार बर्षातको समय खोलामा कति बाढी आउने हो भनेर चिन्ताले रात भर सुत्न सकिने अवस्था थिएन । रात भरीमा खोलामा टर्च लिएर पानीको उचाई एकिनन गरेपछि मात्र डरै डरले सुत्नु पथ्र्यो । तर, अहिले नगरपालिका बाट तटबन्ध गरीदिए पछि ढुक्क संग सुत्न सकिने अवस्था रहेको छ । 
  डोंगरपुरकी ६० बर्षिय गुरही    चौधरीका नजरमा बाढी आउनुको कारण फरक छन् । चौधरी         भन्छन् – पहिला बाढी आयो भने ठुलो पानी पर्नुपथ्र्यो । तर, आजकाल पानी सानो परेपनि ठुलो बाढी     आउँछ । यसको कारणमा लम्की बजार क्षेत्रको पानीको निकासालाई रोरा खोलामा मिलाउनु हो । त्यस्तै पहिला किसानहरु खेति गर्दाको पानी तान्ने बोरीङ्गको प्रयोग गर्नुको साटो खोलाको पानी नै खेतमा लगाउने गर्दथे । त्यसले पानी खेतमा बिभाजित हुनपुग्थ्यो जसले बाढी आउने सम्भावना कम रहन्थ्यो । अहिले त्यस्तो अवस्था छैन । सबैको      आधुनिकीकरण भएको छ । तर, ब्यबस्थितरुपमा आधुनिकरणको उपयोग गर्न सकिएको छैन ।  मलाई याद छ  , यो रोरा खोला अहिलेको जति ठुलो थिएन । मेरै आखा अगाडी यसले दश मिटर जमिन बगाएर लग्यो । लम्कीचुहा नगरपालिकाले तटबन्धको असाध्यै राम्रो र अति आवश्यकताको काम गरेको छ  संगसंगै लम्कीचुहा नगरपालिकाले पानीको निकासा सम्बन्धमा काम गर्नु आवश्यक छ । 
  रानी जमरा कुलरिया सिचाइ आयोजनको सहयोगमा र लम्कीचुहा नगरपालिकाको पहलमा नगर क्षेत्रमा आर्थिक बर्ष २०७५ ÷७६ मा १२ किलोमिटर तटबन्ध गरेको छ भने आर्थिक बर्ष २०७६÷७७ मा थप १४ किलोमिटरमा तटबन्ध हुने जानकारी नगरपालिकाले दिएको छ ।