कर्णाली नदिमा शनिबार दिउँसो नुहाउने क्रममा एक जना  बेपत्ता भएका छन्न । 
     कैलालीको लम्कीचुहा नगरपालिका वडा नंम्बर १ मा बस्ने ४५ वर्षीय पदम विसि शनिबार दिउँसो करिव ४ बजे कर्णाली नदिको कचाली नजिकै  नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । 
अहिले ईलाका प्रहरी कार्यालयको पहलमा विभिन्न व्यक्तिको सहयोगमा विसि लाई खोज कार्य जारी रहे पनि वर्षाले खोजतलास काममा चुनौती थपिएको इप्रका चिसापानीले जनाएको छ ।