सुदुरपश्चिम प्रदेश
दिल्लीबाट काठमाण्डौ जादै गरेको बसबाट बम बनाउन प्रयोग हुने सामाग्री बरामद
अमृत कुमार ओली | २०७६ बैसाख ७ गते १२:२६ मा प्रकाशित
कैलाली । शसस्त्र प्रहरी वल बेश क्याम्प डुडेझारी कैलालीले शुक्रबार राती करिब १२ः४५ बजेतिर भारतको दिल्लीबाट काठमाण्डौ जादै गरेको बसमा ठुलो मात्रामा बम बनाउन प्रयोग हुने सामाग्री बरामद गरेको छ ।
दिल्लीबाट काठमाण्ठौ जाँदै गरेको ना ५ ख ७२४५ नम्बरको बसमा बम तथा अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटर सहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका समाग्रीहरु बरामद गरिएको बेश क्याम्पका प्रमुख शसस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) नेत्र के.सी.ले जानकारी दिनुभयो ।
उहाँले शंका लागेर राती बस चेकजाँचको क्रममा उक्त समानहरु फेला परेपनि बसलाई भने छोडीएको बताउनुभयो । तर बिहान समान जाँच गर्ने क्रममा डिटोनेटर फेला परेपछि उक्त बसलाई अहिले नवलपरासीमा नियन्त्रणमा लिईएको जानकारी दिनुभयो । फेला परेको समानहरु जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाउने तयारी भैरहेको डिएसपी के.सी.ले बताउनुभयो ।
उता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले बम बनाउन प्रयोग हुने सामाग्रीहरु रहेको भन्ने जानकारी आएको बताउनुभयो ।