समाचार
कैलालीमा एकै दिन साढे ७ ग्राम लागूऔषध बरामद, लम्कीचुहाका सहित पाँचजना पक्राउ
प्रशासक | २०८२ पौस ९ गते ०८:०५ मा प्रकाशित
अक्षर साथी
लम्की, पुस ९
कैलाली जिल्लामा मंगलबार एकैदिन तीनवटा छुट्टाछुट्टै घटनामा ठूलो परिमाणमा अवैध लागूऔषध ब्राउनसुगर र खैरो हिरोइन बरामद भएको छ । प्रहरीले लम्कीचुहाका एक जना सहित पाँचजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले लम्कीचुहा नगरपालिका–४ कौवापुर बस्ने २६ वर्षीय सुनिल मल्लले चलाएको सु.प.प्र.०१–०१०प ८१३५ नम्बरको मोटरसाइकललाई टिकापुर नगरपालिका–९ खक्रौला चेकपोस्टमा साँझ करिब ७ बजे शंकास्पद अवस्थामा चेकजाँच गर्दा मोटरसाइकलको सिटभित्र लुकाएर राखिएको २ ग्राम ९८० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएको छ । उक्त पदार्थ, मोटरसाइकल र चालक सुनिल मल्ललाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सोही दिन साँझ करिब ५ बजे खक्रौला चेकपोस्टमै बर्दिया राजापुर नगरपालिका–४ घुम्ना बस्ने २१ वर्षीय राजेश थारु र सोही नगरपालिका संघर्षनगर बस्ने २३ वर्षीय इन्द्रबहादुर थारु सँगै हिँडिरहेको अवस्थामा शंकास्पद देखिएपछि .....