मनोरंजन
फिल्म समीक्षाः मैदानबाहिर बहकिएको ‘क्याप्टेन’
एजेन्सी | २०७५ फाल्गुन १८ गते ११:०७ मा प्रकाशित
९० मिनेटको फुटबल खेल र औसत दुई घण्टाको फिल्मबीच थुप्रै समानता हुन्छन् । द्वन्द्व हुन्छ, रोमाञ्चकता हुन्छ, उत्कर्ष हुन्छ दुबैमा ।
फुटबलको जादु, जसले रमितेलाई क्षणमै रोमाञ्चित बनाउँछ, क्षणमै बिस्मित तुल्याउँछ । क्षणमै उमंगित बनाउँछ, फेरी क्षणमै हतास पनि । यही कारण त प्याराफिटमा कोही पनि शान्तसँग, धैर्यतापूर्वक बस्न सक्दैनन् । भावनात्मक उथलपुथलले उनीहरुलाई कहिले ताली पड्काउन उक्साउँछ त, कहिले विस्मयको सुस्केरा हाल्न वाध्य पार्छ ।
अब फिल्म र फुटबललाई एउटै प्लेटर्फममा उभ्याइयो भने के होला ?
यसको अनुमानित जवाफ हो, दर्शकले मनोरञ्जनको डबल डोज पाउनेछन् । यद्यपि, फिल्म एक नाटकिय प्रारुप हो । यसलाई स्वभाविक, पत्यारिलो एवं प्राकृतिक बनाएपछि मात्र दर्शक र पर्दाबीच दुरी घट्छ । तब, पर्दाको सप्तरंगी दृश्यसँग दर्शकको आँखा समाहित हुन्छ । यदि त्यसो भइदिएन भने पर्दामा चलायमान दृश्यहरु फगत नौटंकी लाग्न थाल्छ ।
अब लागौं, ‘क्याप्टेन’तर्फ । अनमोल केसी स्टारर यो फिल्म शुक्रवारदेखि प्रदर्शनमा आएको छ । निसन्देह, फिल्मको मूल.....