समाचार
टीकापुर घटनाको फैसला: रेशम चौधरी सहित ११ जनालाई जन्मकैद
एजेन्सी | २०७५ फाल्गुन २२ गते १८:२१ मा प्रकाशित
थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटना मुद्दाको कैलाली जिल्ला अदालतले रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ।
सासंद चौधरी सहित हरीनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरीया, बृज मोहन डषैरा, राजेश चौधरी, विर वहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलमा १३(३) नम्वर बमोजिम जनही जन्म कैद सजाय सुनाईएको हो। तर श्रवण चौधरी नावालक भएकाले आधा अर्थात १० बर्ष सजायक तोकिएको छ।
यस्तै लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरीया, सन्तराम चौधरी, जित वहादुर डगौरा, प्रेम वहादुर चौधरी, किशनलाल चौधरी, दिलवहदादुर चौधरी, सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रशाद चौधरी लगायत १२ जनालाई ३ बर्ष कैद तोकिएको छ। यि मध्ये चुन्कीराम बाहे ११ जनाले कैद भुक्तानी गरिसकेकाले उनीहरुलाई आजै छोड्न आदेश दिईएको छ।
यस्तै नुरुल अलि जागा भनिने तहाँवर अलि जागा, बिसराम चौधरी र रामनरेश चौधरीलाई सफाई दिन आदेश दिईएको छ। यसै गरि करन .....