समाचार
                                
                                    अरुण चौधरीद्वारा नेपाली कांग्रेस परित्याग
                                
                                
                                     एजेन्सी | २०७९ जेठ २९  गते  १४:१७ मा प्रकाशित
                                    अक्षर सारथी
नेपाली कांग्रेसका महा समिति सदस्य अरुण चौधरी नेपाली कांग्रेस पार्टी परित्याग गरेका छन् । 
  आफ्नो फेसबुक वालमा ‘देश विकासमा योगदान पुर्याउने ठूलो अपेक्षा सहित विगत केही वर्षदेखि नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय , तर अहिले आएर त्यो सम्भावना कम देखिन गएकाले आजकै मिति देखि नेपाली काङ्ग्रेसको कुनैपनि पदमा नरहने गरि अलग भएको ’ भन्दै उनले नेपाली काङ्ग्रेस छाडेको घोषणा गरेका हुन् । 
साथै उनले चाडैं नै नयाँ योजना सहित राजनीतिमा सक्रिय नै रहने जानकारी दिएका छन् । 
चौधरीले स्थानीय तहको निर्वाचन, २०७४ मा मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)    बाट लम्कीचुहा नगरपालिकाको नगर प्रमुखका उम्मेदवार भई ६ हजार दुई सय २२ मत प्राप्त गर्दै तेस्रो भएका थिए  । ०७४ कै संघीय र प्रदेशको  निर्वाचनमा भने नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभाको कैलाली क्षेत्र नं २ को ‘ख’ बाट उम्मेदवार बनेका थिए ।  ११ हजार दुई सय ३२ मत प्राप्त गरि दोस्रो भएका थिए । रेश्म चौधरीको नागरिक उन्मुक्ति पार्टीमा जान सक्ने आकलन गरिएको छ ।