अर्थ
दुग्ध उद्योगमा विदेशी लगानी रोक्न माग
एजेन्सी | २०७५ फाल्गुन १९ गते ०८:०८ मा प्रकाशित
काठमाडौं । दुग्ध उद्योगमा विदेशी लगानी ल्याउन नदिन उद्योगी व्यवसायीले माग गरेका छन् । भारतबाट ‘अमूल डेरि’ नेपाल आउने इच्छा व्यक्ति गरिरहेका बेला व्यवसायीले वैदेशिक लगानी तथा प्रविधि हस्ूतान्तरण ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दुग्ध व्यवसयमा विदेशी लगानीमाथि प्रतिवन्ध नलागेपछि विरोध थालेका छन् ।
दूध, माछा र माहुरीपालनमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको योजनाको विरोध हुन थालेको हो । आइतबारबाट प्रतिनिधिसभामा विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सैद्धान्तिक छलफल सुरु भएका छ ।
काठमाडौंमा शनिबारआयोजना गरिएको सरोकारवालाको छलफलमा सरकारी तथा निजी क्षेत्रका संघसंस्था तथा सरोकारवाला व्यवसायीले दूध, माछा र मौरीमा विदेशी लगानीकर्तालाई मार्गप्रशस्त गर्न खोजिए यस क्षेत्रमा संलग्न २० लाख नेपाली बेरोजगार हुने दावी गरे ।
सरकारको नीति तथा कार्यक्रममा एक वर्षमा अण्डा, दोस्रो वर्षमा माछा र तेस्रो वर्ष दूधमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना छ । हाल अण्डाबाह.....