अन्तर्वाता
भुराभुरी भनेर पार्टीमा अपमानित गरे, प्यारप्यार बोली भनेर बैठकमा हप्काए : रञ्जु
एजेन्सी | २०७५ फाल्गुन १८ गते ११:१९ मा प्रकाशित
अभियोग १ : विनाअध्ययन र विनादर्शन राजनीतिमा प्रवेश गर्नुभयो । त्यही भएर काठमाडौंको मेयरको उम्मेदवार बनेर जति चाँडो ‘राजनीतिक सेलेब्रिटी’ बन्नुभयो, अहिले त्यसरी गुमनाम हुनुभयो ।
स्थानीय तहको निर्वाचन ०७४ वैशाख ५ गते उम्मेदवारी दिएपछि मात्रै म राजनीतिमा लागेको होइन । ०७० को असोज/कात्तिकदेखि नै म सक्रिय राजनीतिमा छु । यो आरोप यहीँबाट क्लियर गर्दै जाऊँ । म राजनीतिमा लाग्नुको पछाडि केही सामान्य कारण छन् । मेरी हजुरआमाको पालामा पनि नेपाल विकासोन्मुख देश थियो, मेरी आमाको पालामा पनि विकासोन्मुख देश नै थियो । म सानो हुँदाखेरि सामाजिक शिक्षा पढ्दै गर्दाखेरि पनि नेपाल विकासोन्मुख देश हो भनेरै थाहा पाइयो । अहिले मेरा सहपाठीहरू जसले विवाह गरिसके, उनका नानीहरूले पनि त्यही कुरा पढ्दै छन् ।
मेरो एउटा प्रश्न थियो । हामीले कति पुस्तासम्म नेपाल विकासोन्मुख देश हो भनेर भनिरहने त ? त्यो प्रश्नको उत्तर खोज्दै जाँदा राजनीतिमा गएर ठोक्कियो । राजनीतिबाटै यसको समाधान छ भन्ने मेरो विश्वास हो । त्यो मात्रै नभइकन नेपाली समाज, त्यसमा पनि .....