देश
                                
                                    नेपालसहित पाँच राष्ट्रले अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिता खेल्ने
                                
                                
                                     एजेन्सी | २०७६ श्रावण २१  गते  १७:५५ मा प्रकाशित
                                    काठमाण्डौं, २१ साउन । नेपालसहित पाँच देशले आगामी असोज तेस्रो साता टी(२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन्।
ओमान क्रिकेटको आयोजनमा अक्टोबर ३ (असोज १६) देखि टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्ने ओमान क्रिकेटका प्रमुख प्रशासकीय अधिकृत (सिएओ) एकबाल अरिवलाले जानकारी दिए।
पाँच वटै टिमलाई प्रतियोगितामा भाग लिन एक महिनाअघि पत्र पठाएको बताउँदै एकबालले भने, ‘सबै टिमले खेल्ने पक्का भइसकेको छ।’
नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन सिवाकोटीले ओमानमा हुने टी(२० प्रतियोगितामा सहभागी हुनका लागि इमेल आएको पुष्टि गरे।
उनले नेपालको सहभागिताको विषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी०ले निर्णय गर्ने बताए।
२०७३ मा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको आइसिसी नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ।
‘हामीलाई टी(२० प्रतियोगितामा सहभागी हुन इमेल आएको छ। यस विषयमा आइसिसीले यसै.....