सुदुरपश्चिम प्रदेश
डोटीका ९ स्थानीय तहको बेरुजु १३ करोड
कैलाली पोष्ट | २०७६ भाद्र १७ गते १६:५७ मा प्रकाशित
डोटी - डोटीका स्थानीय तहको बेरुजु १३ करोड रहेको पाईएको छ । जिल्लाका ९ वटा स्थानीय तहको कूल १३ करोड रुपैयाँ रकम बेरुजु देखिएको हो । केही स्थानीय तहले मनोमानी रुपमा रकम वितरण गरेको पाइएको छ ।
दिपायल सिलगढी नगरपालिकाले पानीखोला तिखाडाँडाबाट भण्डारी जग्गा हुँदै गिरी महराको घरसम्मको सडक, कौढुङ्गादेखि थमाल्लीसम्म खानेपानी, सिलखोली गाउँदेखि घटाली गाउँ, सडक, रातोली, पाकरी, कुन्जेडी, सडक, पनेरझाड देखि झङ्कसम्मको बाटो पिसिसी, घोलतडा सेतीनदी कटान संरक्षण योजनामा सम्झौता भन्दा बढी भुक्तानी दिइएको फेला परेको छ ।
विभिन्न योजनामा सम्झौता भन्दा १ लाख ७५ हजार ३ सय ६१ रुपैयाँ नगरपालिकाले बढी भुक्तानी गरेको छ । आव ०७४÷७५ मा सम्पन्न ती योजनाको नाममा महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु देखाइएको छ । ’काट्नु पर्ने कर नकाटेको देखिएकाले पनि केही योजनामा बेरुजु देखिएको हो,’ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले भने, ’केही योजनामा पछि स्टिमेट उठाउँदा काम बढी गरेको पाइएकाले पनि सम्झौताभन्दा केही रकम बढी गएको हो.....