लम्कीचुहा
संघिय सांसद झपट रावलको ४ करोड
एजेन्सी | २०७६ श्रावण १ गते १८:३१ मा प्रकाशित
लोकु सिंह ठकुरी, असार २६ सुखड
कैलाली निर्वाचन क्षेत्र नम्बर २ का संघिय सांसद झपट बहादुर रावलको निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५र०७६ मा खर्च गर्ने गरी संघिय सरकारले बिनियोजन गरेको ४ करोड रुपैयाँको बिभिन्न आयोजनाहरु निर्माण सम्पन्न भईसकेका छन भने केहीको टेन्डर गरीएको छ ।
प्राप्त ४ करोड मध्ये सबै भन्दा बढी लम्कि चुहा नगरपालिकामा १ करोड २० लाख, बर्दगोरीया गाँउपालिकामा ९५ लाख, जानकी गाँउपालिकामा ३० लाख र निर्वाचन क्षेत्रको मध्य क्षेत्रमा बन्ने सामुदायिक अस्पतालका लागि १ करोड १० लाख बिनियोजन गरीएको छ भने महोन्याल गाँउपालिकामा ४३ लाख ६० हजार र जिल्ला समन्वय समितीको प्रशासनिक तर्फ १ लाख ४० हजार खर्च गरीएको पाईएको छ ।
लम्कि चुहाको १ करोड २० लाख मध्ये पनि वडा नम्बर २ को जेष्ठनागरीक मिलन केन्द्रका लागि २० लाख, वडा नम्बर १ को कृषि हाट बजारको पुर्वाधार निर्माणमा १५ लाख, वडा नम्बर ४ को वाल उद्यानका लागि १५ लाख, वडा नम्बर ९ प्रतापपुरमा रहेको खानेपानीको पाईप लाईन बिस्तारका लागि १५ लाख तथा चिसा.....