सुदुरपश्चिम प्रदेश
कञ्चनपुरमा जुवातास खेल्दै गरेको अवस्थामा ९ जना पक्राउ
प्रशासक | २०८२ असोज २८ गते १२:४० मा प्रकाशित
कञ्चनपुरमा जुवातास खेल्दै गरेको अवस्थामा ९ जना पक्राउ परेका छन ।
जिल्लाको बेदकोट नगरपालिका–९ कोल्डस्टोरस्थित एक कटेजमा जुवातास खेल्दै गरेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सोही नगरपालिका–१० बस्ने ७० वर्षीय बिक्रम रावतसहित नौ जना रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ६९ हजार ९ सय ३५ रुपैयाँ र एक बुक तास बरामद गरेको छ। सोमबार बेलुकी प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको हो ।