स्वास्थ्य
बुढ्यौलीमा आँखाको समस्याबाट बच्न माछा खानुस्ः अध्ययन
एजेन्सी | २०७५ फाल्गुन १८ गते ११:०० मा प्रकाशित
उमेर ढल्कदै गएपछि शरीरका अंगहरु पनि शिथिल हुँदै जान्छ । कतिपय अंगले राम्ररी कार्यसंचालन गर्न सक्दैन । छाला चाहुरिन्छ । कपाल फुल्छ । ढाँड कुपि्रन्छ । दाँत र्झन थाल्छ । कानको श्रवणशक्ति कमजोर हुन्छ । आँखाको दृष्टि धुमिल हुन्छ ।
आँखाको दृष्टि धुमिल हुँदै गएपछि आफ्नो सामान्य दिनचर्या पनि प्रभावित हुन थाल्छ । पक्कै पनि बुढ्यौलीमा हुने असहज समस्या हो यो । तर, चिन्ता गर्नुपर्ने केही छैन । बुढ्यौलीमा आँखाको ज्योति कमजोर हुनबाट बचाउन केही यस्ता खाद्यपदार्थ छन्, जो निकै उपयोगी हुन्छ । जस्तो कि, माछाको तेल सेवन ।
आर्काइब अप अप्थेल्मोलोजी’ मा प्रकाशित एक नयाँ अध्ययनले जनाए अनुसार सप्ताहमा कम्तीमा पनि एक पटक माछाको तेलको सेवन गर्नु आँखाको लागि निकै फाइदाजनक छ । यसको सेवनले बुढ्यौलीमा पनि आँखा सम्बन्धि कुनै समस्या हुँदैन । झण्डै आठ वर्ष लगाएर करिब ६० देखि ८० वर्ष उमेर समूहका झण्डै ४५ सय जनसंख्याबीच गरिएको अध्ययनबाट यो नतिजा आएको हो ।
सामान्यतया, मानिसको उमेर बढेसँगै आँखाको तेज कम हुँदै जान्छ । त्यसैले, यो समस्याबाट ब.....