खेलकुद
नवौं राष्ट्रिय खेलकुद : नेपाल कराते जिल्ला स्तरीय खेलाडी छनौट प्रतियोगिता सोमबार बाट लम्कीमा शुरु
कैलाली संवाददाता | २०७९ भाद्र १३ गते १६:४४ मा प्रकाशित
लम्की l कैलाली जिल्ला खेलकुद समितिको आयोजनामा नेपाल फुलकन्टयाक्ट कराते जिल्ला स्तरीय खेलाडी छनौट प्रतियोगिता सोमबार देखि लम्कीमा शुरु भएको छ ।
खेलाडी छनौट प्रतियोगितामा विभिन्न उमेर समूह र तौलका खेलाडी छनोट गरिने आयोजकले जनाएको छ। बिभिन्न तौल समुहका ७ जना पुरुष र ५ जना महिला खेलाडी छनोट गरेर राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि प्रदेशमा पठाइने बताइएको छ । प्रतियोगिता बाट छनोट भएका प्रतियोगिहरु प्रदेश प्रतियोगितामा छनोट भई अन्य जिल्लाका खेलाडी संग प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल फुलकन्टयाक्ट कराते सुदूरपश्चिमका संस्थापक नवराज खनालको अध्यक्षतामा शुरु भएको खेलाडी छनोट प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख अतिथी लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाही रहेकी थिइन् ।
लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीले, ‘यस क्षेत्रको खेलकुद विकासका लागि आफु प्रतिबद्ध रहेकी छु । पछिल्लो समयमा युवा युवतिहरु दुर्वेषनीमा फसीरहेको अवस्थामा खेलकुदको माध्यमले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने छ ।’ उनले भनिन् ।
कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष माया विष्टले, ‘खेलाडीहरु देशका गहना हुन् । देशलाई विश्वमा चिनाउन खेलकुदको महत्वपुर्ण योगदान रहेको हुन्छ । नगरपालिकाले समेत खेलकुद क्षेत्रको विकास गरी खेलाडी उत्पादनमा समेत ध्यान दिनेछ ।’ उनले भनिन् ।
कार्यक्रममा खेल प्रशिक्षक मार्कण्डय बँजगाईले यस क्षेत्रको खेलकुदको विकासका लागि स्थानिय तहले युवाहरुलाई खेलकुद सँग जोडनु पर्ने बताए ।