जन्म दिन मनाउन साहारा
एजेन्सी | २०७६ श्रावण २२ गते १६:०१ मा प्रकाशित
घर राजेन्द्र रावल बाैनिया
पछिल्लो समयमा मानिसरहरुमा अाफ्नाे र अाफ्ना प्रियजनकाे जन्माेउत्सव (जन्मदिन) मनाउने प्रक्रिया एक परम्परा जस्तै बन्दै गएकाे छ । हरेक मानिसको चाहाना हुन्छ कि उसले मनाउने जन्मदिन खास र बिशेष हाेस । हाे तपाई हरु मध्य धेरै काे चाहाना पनि त्यस्ताे हुदा हामीले त्यसमा अनाैठाे नमान्दा हुन्छ । बर्षमा एक पल्ट मात्र मनाउने साैभाग्य प्राप्त हुने विभिन्न किसिमका चाड पर्व जस्तै याे पनि एक प्रकारको पर्व नै हाे मनाउने व्यत्ति र त्यसमा सम्मिलित समूह र व्यत्ति हरुका लागि । बर्षमा एक पल्ट मात्र मनाउने अवसर प्राप्त हुने साे अवसर लाई जाे कसैले पनि खास र बिशेष बनाउने चाहाना राख्छ भने त्यसमा हामीले गलत अर्थले हेर्न पक्कै मिल्दैन । हाे अाफ्नाे र अाफ्ना प्रियजनका जन्म दिनहरुलाई यस्तै खास र बिशेष बनाउन चाहाना राख्ने हरुका लागि उचित गन्तव्य बन्न सक्छ सुदुरपश्चचिम प्रदेस स्थित कैलाली जिल्लाकाे मध्यवर्ती क्षेत्रमा पर्ने बर्दगाेरिया गाउपालिका वडा नम्बर २ स्थित बर्दगाेरिया धार्मिक तथा पर्यटकिय क्षेत्रमा रहेकाे असाहयका लागि सहयोगी हातहरु नेपाल नामक संस्ता द्धारा सञ्चालित साहारा घर । साहारा घर त्यो स्थान हाे जहाँ असाहय,अनाथ र मानसिक सन्तुलन गुमेर सडकमा भाैतारिरहेका मानवहरु लाई अास्रय दियर राखियकाे छ । करिब ५ बर्ष अगाडि पुर्व पश्चिम महेन्द्र राजमार्ग संगैकाे बाैनिया बजारमा बल बहादुर बिष्ट र उहाकि धर्म पत्निले सञ्चालन गरेकाे साईराम भान्जा पाेलि क्लिनिक मा एक जना सडक जीवन यापन गर्दै अाईरहेका व्यत्ति अाफ्नाे सरिरमा किरा परेकाे अवस्थामा बिष्टकाे क्लिनिकमा पुग्छन , साे समयमा बिष्टले ती राेगि सडक जीवन यापन गरिरहेका व्यत्तिकाे सामान्य उपचार पश्चात् फिर्ता पठाउछन । भाेलि पल्ट बिहान उठेर बिष्ट मर्निङ वाल्का जादा ती मानिस लाई राेडमा देख्दा उनकाे मनमा दया पलाउछ र उनी ल्यायर अाफ्नै घरमा पाल्न सुरु गर्दैछन । यसरी बिष्टले अाफ्नाे घर बाट सुरु गरेकाे साे घरमा हाल ५१ जना व्यवारिसिय मानिसहरु रहेका छन । बर्षमा एक दिन मात्र अाउने जन्म दिन लाई ती असाहयहरु संग मनाउदा पक्कै मनाउने काे मनमा शान्ति र अमन चयन त मिल्नेछ नै ती बिष्टले पालन पाेषण गरिरहेका मानिसरहरु एक छाक खाना खाने अवसर समेत प्राप्त गर्नेछन । साहारा घरका सञ्चालक बिष्ट का अनुसार पछिल्लो समयमा जिल्लाका विभिन्न स्थान बाट जन्म दिन मनाउन अाउने हरुकाे क्रम बड्दै गयकाे बताउदै एस बाट अाफुमा सेवा गर्ने,भाव बड्दै गयकाे समेत बताउनु भयाे । अाउने हाेईन त तपाईं पनि साहारा घरमा जन्मदिन मनाउन । साहारा घर सम्म पुग्नका लागि माेटर बाटाेकाे राम्राे व्यवस्था रहेकाे कुरा समेत जानकारि गराईन्छ । साे स्थान पुर्व पश्चिम महेन्द्र राजमार्ग बाट करिब ३ किलोमिटर उत्तर पुर्वमा रहेको बर्दगाेरिया गाउपालिकाकाे पर्यटकिय तथा सांस्कृतिक पहिचान बाेगेकाे बर्दगाेरिया क्षेत्र संगै रहेको छ ।