सुदुरपश्चिम प्रदेश
कुमारी बैंकका ग्राहकले लालरत्न अस्पतालको स्वास्थ्य सेवामा १० प्रतिशत छुट पाउने
कैलाली संवाददाता | २०७९ जेठ १२ गते १२:१४ मा प्रकाशित
लम्की : स्वास्थ्य सेवामा छुट दिने गरि कुमारी बैंक शाखा कार्यालय लम्कीले निजी अस्पताल सँग सम्झैता गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.१ मा रहेको लालरत्न अस्पताल सँग बैंकले आफ्ना कार्डवाहक ग्राहकलाई स्वास्थ्य उपचारमा १० प्रतिशत छुट दिने गरि सम्झौता गरेको हो ।
बैकमा खाता खोलेका तथा बैकबाट क्रेडिट र डेबिट कार्ड भएका सदस्यहरूको स्वास्थ्य उपचारमा १० प्रतिशत छुटका लागि सम्झौता भएको शाखा प्रमुख पवन आचार्यले जानकारी दिएका छन ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन केबीएल इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ।
यस्तै मोबाइल इबैँकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र कार्डको आवेदन दिन सक्ने लगायतका व्यवस्थासमेत गरेको जानकारी बैंकले गराएको छ।
आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले थ्रि डी रजिष्ट्रेसन सेवाको सुरुआत पनि गरेको छ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ।
बैंकले देशैभरि फैलिएका आफ्ना १९७ वटा शाखा, १७७ वटा एटीएम र ४२ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १३ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकको गरेको यो सहकार्यबाट ग्राहकहरू प्रत्येक्ष लाभान्वित हुने बैकले विश्वास लिएको छ।