समाचार
लम्कीचुहामा सिकलसेल र थालेसेमियाबारे सचेतना कार्यक्रम सम्पन्न
प्रशासक | २०८२ पौस २३ गते १६:१४ मा प्रकाशित
बेद प्रकाश ओली
लम्की, पुस २३
कैलालीको लम्कीचुहा नगरपालिकामा सिकलसेल एनिमिया, थालेसेमिया लगायतका रक्तजन्य रोगबारे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सिकलसेल रोगको अवस्था, नियन्त्रणका उपाय र स्थानीय सरकारको भूमिकाबारे छलफल भएको कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका, थारु समुदायका महिला, सञ्चारकर्मी र अन्य सरोकारवालाको सहभागिता थियो ।ADVERTISE
कार्यक्रमकी प्रमुख अतिथि तथा नगर उपप्रमुख जुना चौधरीले नगरपालिकामा छिट्टै सिकलसेल परीक्षण सुविधा सञ्चालन हुने बताइन् ।
‘लम्कीचुहा नगरपालिका सिकलसेल एनिमिया, थालेसेमिया लगायतका रक्तजन्य रोगको नियन्त्रणको विषयमा काम गरिरहेको छ,’ उपप्रमुख जुना चौधरीले भनिन्, ‘सिकलसेल एनिमिया परीक्षणका मेसिन उपकरण आइसकेका छन् । आवश्यक व्यवस्थापनपछि छिट्टै सञ्चालनमा आउनेछन् ।’
ADVERTISE
.............................................................................................................................................................................त्यस्तै, उनले सिकलसेल रोग वंशाणुगत रूपमा सर्ने भएकाले यसको नियन्त्रणका लागि विवाहअघि नै सचेत हुनुपर्ने कुरामा जोड दिँदै, यस्ता रोगबारे जानकारी अभिवृद्धि गर्न स्थानीय पाठ्यक्रममै समावेश गरी पढाइ हुनुपर्ने बताइन् ।
त्यसैगरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख तथा कार्यक्रमकी सभाध्यक्ष जयन्ती वि.सी.ले वडा कार्यालयबाट रोग नियन्त्रणका लागि सहयोग माग भएमा स्वास्थ्य शाखा सहकार्य गर्न तयार रहेको बताइन् ।