समाचार
लम्कीमा आजदेखि पशुपति कलेक्सन सञ्चालनमा
प्रशासक | २०८३ भाद्र १ गते १२:४२ मा प्रकाशित
अक्षर साथी
लम्की, भदौ १
कैलालीको लम्कीमा आजदेखि पशुपति कलेक्सन सञ्चालनमा आएको छ । लम्की बजार चौराहको उत्तरतर्फ गरिमा विकास बैंक रहेको भवनमा पशुपति कलेक्सन सञ्चालनमा ल्याइएको हो । कलेक्सनको उद्घाटन सोमबार गरिएको छ ।
व्यवसायी दीपक विष्टले करिब ५० लाख रुपैयाँको लगानीमा पशुपति कलेक्सन सञ्चालनमा ल्याएका हुन् । कलेक्सनमा बालकदेखि वृद्धवृद्धासम्मका लागि आवश्यक तयारी पोशाक, जुत्ता तथा चप्पल उपलब्ध हुने सञ्चालक विष्टले बताए ।

लम्की क्षेत्रमा एउटै स्थानबाट विभिन्न उमेर समूहका ग्राहकले आफूलाई आवश्यक पर्ने कपडा तथा जुत्ताचप्पल खरिद गर्न सकून् भन्ने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याइएको विष्टको भनाइ छ ।
‘हामीले लम्की क्षेत्रमा बालकदेखि वृद्धवृद्धासम्मका लागि चाहिने तयारी कपडा, जुत्ता र चप्पल सबैथोक पाइने गरी पशुपति कलेक्सन सञ्चालनमा ल्याएका छौँ,’ विष्टले भने, ‘उचित मूल्यमा गुणस्तरीय सामान बिक्री गर्ने हाम्रो प्रयास हो । एकपटक सेवा गर्ने अवसर दिनुहुन अनुरोध गर्दछौँ ।’
पशुपति कलेक्सनमा तयारी पोशाकसँगै विभिन्न प्रकारका जुत्ता तथा चप्पलसमेत उपलब्ध गराइएको छ । ग्राहकको आवश्यकता र रोजाइ अनुसार सामान उपलब्ध गराउने तथा उचित मूल्यमा गुणस्तरीय सामग्री बिक्री गर्ने सञ्चालकको भनाइ छ ।
कलेक्सनबाट सेवा लिएका ग्राहक नामकर खनालले आफूले खोजेको डिजाइनको सर्ट–पाइन्ट सहजै पाएको बताए । बजारमा पाइने अन्य पसलको तुलनामा मूल्यसमेत उचित लागेको उनको भनाइ छ ।
‘मैले खोजेको जस्तै सर्ट–पाइन्ट पाएँ । सामानको गुणस्तर र मूल्य पनि उचित लाग्यो,’ खनालले भने, ‘लम्कीमा लुगाकपडा तथा जुत्ताचप्पल खरिदका लागि पशुपति कलेक्सन राम्रो गन्तव्य बन्न सक्छ ।’
लम्की बजारमा पछिल्लो समय विभिन्न प्रकारका व्यापारिक तथा व्यावसायिक प्रतिष्ठान थपिने क्रम बढेसँगै तयारी पोशाक तथा जुत्ताचप्पलको क्षेत्रमा पनि नयाँ व्यवसाय थपिएको हो । सञ्चालक विष्टले ग्राहकको रोजाइ र आवश्यकतालाई प्राथमिकतामा राखेर व्यवसायलाई अघि बढाउने बताएका छन् ।