स्वास्थ्य
३० लाख मानिसमा मिर्गौलाको समस्या
एजेन्सी | २०७६ बैसाख ८ गते ०८:०४ मा प्रकाशित
काठमाडौं । देशभर मिर्गौला समस्या भएका बिरामीको संख्या बढ्दै गएको खबर आजको राजधानी दैनिकले छापेको छ । सरकारले मिर्गौलासम्बन्धी समस्या भएका बिरामीको उपचार सेवाका लागि करोडौं रुपैयाँ खर्चिए पनि रोग निदानमा सचेतना अपनाउन नसक्दा मिर्गौलाप्रभावितको संख्या बढ्दै गएको हो ।
समाचारकाे अनुसार नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात् करिब ३० लाख मानिसमा कुनै न कुनै रूपमा मिर्गौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । सरकारले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसक्दा मिर्गौला रोगीहरूले लाखौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ ।काठमाडौं । देशभर मिर्गौला समस्या भएका बिरामीको संख्या बढ्दै गएको खबर आजको राजधानी दैनिकले छापेको छ । सरकारले मिर्गौलासम्बन्धी समस्या भएका बिरामीको उपचार सेवाका लागि करोडौं रुपैयाँ खर्चिए पनि रोग निदानमा सचेतना अपनाउन नसक्दा मिर्गौलाप्रभावितको संख्या बढ्दै गएको हो ।
समाचारकाे अनुसार नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात् करिब ३० लाख मानिसमा कुनै न कुनै रूपमा मिर्गौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । सरकारले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसक्दा मिर्गौला रोगीहरूले लाखौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ ।