सुदुरपश्चिम प्राकृतिक र संस्कृतिक रुपमा एउटा ऐतिहासिक प्रदेश भएको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले बताउनु भएको छ । आज कैलालीको जानकी गाउँपालिका वडा नं.९ अन्तरगत अवरावतीमा नेपाल जातिय संग्रालयको आयोजनामा गरिएको सांस्कृति सम्मिलनलाई सम्बोधन गर्दै मुख्यमन्त्रि भट्टले सो कुरा बताउनु भएको हो । हाम्रो पहिचान विविधता छ । बिविधता समेट्ने प्रयास जातिय संग्रालय मार्फत भएको बताउनु भयो । सुदुरपश्चि प्रदेश भौगोलिक र सांस्कृतिक रुपमा पनि विविधता भएको प्रदेश हो उहाले भन्नु भयोः‘‘जातिय संग्रालयले सुदुरपश्चि प्रदेशको बिविधता समेट्ने प्रयास गरेको छ, प्रदेश सरकारले संग्रालयका लागी पुर्ण सहयोग प्रदान गर्नेछ । प्राकृतिक तथा सांस्कृतिक पहिचानको रुपमा धनि प्रदेश भएको हुदा यसको प्रवद्र्धनको लागी सबैले हातेमालो गर्न आग्रह गर्नु भएको छ । संग्रालयमा सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका दुरदराजमा रहेका बिभिन्न सांस्कृति रहन सहन,भेषभुषालाई संग्रालयमा राख्न सुझाव दिनु भएको थियो । सामाजिक–सांस्कृतिक एकता र आर्थिक सम्बृद्धि भन्ने मुल नाराका साथ आयोजाना गरिएको सांस्कृति सम्मिलनमा सुदुरपश्चि प्रदेशका पर्यटन बन तथा बाताबरण राज्य मन्त्रि प्रकाश बहादुर रावल,पुर्व सामाजिक बिकास मन्त्रि तथा सांसद दिर्ग बहादुर सोडारी,प्रदेश सभा सदस्य नन्द बहादुर साउँद,रतन थापा,लाल बहादुर खड्का लगाएत जानकी गाउँपालिका अध्यक्ष प्रदिप कुमार चौधरी,गोदावरी नगरपालिका उप–प्रमुख रत्न कडायत,पुर्व संविधान सभा सदस्य हरी ज्ञावली र सुकदैया चौधरी लगाएतकाले संग्रालयमा हामी संग पराम्परागत रुपमा रहेका बिभिन्न कु–संस्कारलाई त्याग्दै राम्रा संस्कृतिलाई संग्रालयमा समावेश गर्नु पर्ने बताएका थिए । सुदुरपश्चिमको कला–संस्कृति तथा सामाजिक,सांस्कृतिक,ऐतिहासिक,प्राकृतिक सम्पदाहरुको संरक्षण,प्रवद्र्धन ,प्रचार प्रसार र अध्धयन अनुसन्धानका लागी स्थापना गरिएको नेपाल जातिय संग्रालयको आयोजनामा गरिएको संस्कृतिक सम्मिलनको अध्यक्षतामा नेपाल जातिय संग्रालयका अध्यक्ष मदन कुमारी शाह गरिमा रहनु भएको थियो । जानकी गाउँपालिका वडा नं.९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीको स्वागत मन्तब्यबाट सुर भएको कार्यक्रममा लम्कीचुहा नगरपालिका नगर उप–प्रमुख टीका थापा,भजनी नगरपालिका उप–प्रमुख छाया देवकोटा लगाएतका अथितिहरु रहनु भएको थियो । कार्यक्रममा बिभिन्न सामुदायको संस्कृति झल्कीने झाकी,चित्रकला,हस्तकला,परम्परागत खाद्य परिकार तथा पहिरन, सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका धार्मिक तथा पर्यटकिय स्थलको फाटो प्रदर्शन गरिएको थियो । आा शनिवारबाट सुरु भएको संस्कृतिक सम्मिलन भोली आईतवार समापन हुनेछ ।