समाचार
अर्धवार्षिक समिक्षा तथा याेजनातर्जुमा गाेष्ठी सम्पन्न
एजेन्सी | २०७६ जेठ ४ गते १२:१८ मा प्रकाशित
राजेन्द्र रावल जेठ ४,बाैनिया
बर्दगाेरिया गाउपालिका स्वास्थ्य शाखाको अायाेजनामा शनिबार अर्धवार्षिक समिक्षा तथा याेजनातर्जुमा गाेष्ठी सम्पन्न भएको छ। गाउपालिका अध्यक्ष वलिराम डगाैरा थारुकाे अध्यक्षतामा भएको कार्यक्रम दाेदाेधरा स्वास्थ्य चाैकिका ईञ्चार्ज कृष्ण देव जाेशी र काेटातुल्सिपुर स्वास्थ्य चाैकिका अहेव श्याम चाैधरिले अार्थिक बर्ष २०७६/७७ काे पहिलाे ६ महिनाकाे समिक्षात्मक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै अागामि अार्थिक बर्ष २०७६/७७ काे याेजना र कार्यक्रम का बारेमा जनप्रतिनिधि हरुलाई जानकारी गरायका थिय । कार्यक्रममा बर्दगाेरिया गाउपालिका अध्यक्ष वलिराम डगाैरा थारुले अागामि अार्थिक बर्ष बाट स्वास्थ्य चाैकि र स्वास्थ्य स्वयम् सेविकाहरुलाई दिईने सेवाहरु प्रतेक वडा बाट नभएर कार्यपालिका बाट निर्णय गरेर सेवा हरु प्रदान गरिने कुरा व्यत्त गर्नु भएको थियाे। साे अवसरमा अगाडि बाेल्दै थारुले अर्को अार्थिक बर्षमा अर्को बर्षमा प्रतेक वडामा निश्चित बजेट बिनियाेजन गर्दै एक ठाेस याेजना निर्माण गरेर अाउन वडा अध्यक्ष हरुलाई निर्देशन दिनु भएको थियो । स्वास्थ्य शाखाका उप प्रमुख कृष्ण भट्ट काे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष ,वडा अध्यक्ष हरु कार्यपालिका सदस्य बर्दगाेरिया गाउपालिका अन्तरगत रहेका स्वास्थ्य शाखाका कर्मचारी लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम काे सञ्चालन स्वास्थ्य शाखा प्रमुख कैलास रावतले गरेका थिय ।