समाचार
चिनिया ब्यापारीलाई सुदुरपश्चिम प्रदेशमा लगानी गर्न मुख्यमन्त्री त्रिलोचन भट्टको आग्रह
कैलाली पोष्ट | २०७६ भाद्र २१ गते १७:०१ मा प्रकाशित
चिनियाँ दूतावासले शनिबार राजधानीमा गरेको नेपाल चीन व्यापारसम्बन्धी कार्यक्रमलाई सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले सुदुरपश्चिम प्रदेशमा लगानी गर्न चिनिया पक्षलाई आग्रह समेत गरे । मुख्यमन्त्री भट्टले सुदुरपश्चिम प्रदेश लागानीको सम्भाबना धेरै नै रहेकोले त्यस तर्फ चिनिया ब्यापारीहरुले ध्यान केन्द्रित गर्नु पर्ने बताए ।
भट्टले सुदुरपश्चिम प्रदेशमा जल बिधुतका ठुला ठुला परियोजना रहेकाले चिनिया पक्षले त्यसमा बिषेश ध्यान दिनु पर्ने बताए । कार्यक्रममा उपराराष्ट्रपति नन्द बहादुर पुनले नेपालको पुर्वाधार विकासमा चीन र नेपाल सरकारको सहकार्यमा सार्वजनिक, निजी साझेदारी मोडलमा काम अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
यस्तै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासमा लगानी गर्न चीन सरकार र चिनियाँ व्यापारी तथा लगानीकर्ताहरुलाई आह्वान गरे । उनले राजनीतिक स्थायित्व कायम भएसँगै लगानी मैत्री वातावरण पनि निर्माण भएकाले निर्धक्क भएर नेपालमा लगानी गर्न आह्वान गरेका हुन्।
चीनका लागि नेपालका राजदूत लीलामणि पौडेलले पछिल्लो समय नेपाल चीन बीच राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनतरका सम्बन्धहरू विस्तार हुँदै गएको बताए। कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्री, राजनीतिक दलका नेता, व्यवसायी सहभागी छन्।