समाचार
संविधान दिवसमा नगर प्रमुखको सन्देशः एकताबद्ध भै अगाडी बढ्न अपेक्षा
कैलाली पोष्ट | २०७६ असोज ३ गते ०९:४२ मा प्रकाशित
लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले संविधान दिवसको अवसरमा एकताबद्ध भै अगाडी बढ्ने कुरामा अपेक्षा लिएको बताएका छन् ।
संविधान दिवस, २०७६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै नगर प्रमुख बजगाईले स्वदेशमा तथा विदेशमा रहेका सम्पुर्ण नेपाली एवं लम्कीचुहा नगरवासी दिवसको शुभकामना व्यक्त गर्दै, संविधान प्राप्तीका लागि घाईते,अपाङ्ग,वेपत्ता तथा आफ्नो प्राणको आहुती दिने शहिद प्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
नगर प्रमुख बजगाईले जनतको बलिदानी बाट आएको संविधान र संविधान बाट प्राप्त भएका उपलब्धी लाई संस्थागत गर्नको लागि सबै नागरिकले संविधानको अक्षरस पालना गनुपर्ने कुरामा जोड दिएका छन् ।