गरिबी र ब्लड क्यान्सरले थलिएका जीवन भन्छन ः सबैले सहयोग गरे बाचिहाल्थे की ?
एजेन्सी | २०७६ असोज ५ गते १४:५१ मा प्रकाशित
लोकु सिंह ठुकरी
असोज ५ सुखड,
गत जेठ महिना देखी बिरामी परेका उनको धेरै ठाउमा चेकजाच र उपचार गरे पनि स्वास्थ्यमा सुधार भएन । परिवार संग भएको सबै पैसा पनि सकियो । अन्तत गत असारमा धनगढीको एक आस्पतालले ब्लड क्यान्सरको आशंका गर्दै भरतपुर क्यान्सर अस्पताल चितवन रेफर गर्यो ।
उक्त अस्पतालले पनि उनलाई क्यान्सर भएको बताए पछि संगै गएका दाजु आकाशबाट खसे झै भए । अस्पतालले उनलाई क्यान्स भएको र उपचार खर्च १५ लाख लाग्ने भने पछि पैसा अभावमा उपचार नै नगरी उनलाई घर फकाईयो । खर्च अभावमा बिगत ३ महिना देखी उनलाई घरमै राखिएको छ । उनी हुन बर्दगोरिया गाँउपालिका वडा नम्बर ४ स्थित पश्चिम मुक्त कमैया टोलका २० वर्षिय जीवन चौधरी, बिगतमा अरुको घरमा कमैया बसेका बाबु र ओरकान्नी भएर काम गरेकी आमा सरकारले कमैया मुक्तिको घोषणा गरे संगै सरकारले बनाई दिएको सानो घरमा बसिरहेका छन । उनीहरु संग सरकारले प्रदान गरेको ५ कट्ठा जग्गा बाहेक अन्य चल अचल सम्पती पनि छैन । दिनभर अर्काको मजदुरी गरी छाक टार्ने परिवारलाई १५ लाख रुपैयाँ उपचार खर्च जुटाउनु एका देशको कथा जस्तै छ ।
ऋण निकालेको २÷३ लाख उपचार तथा रोगको पहिचान गर्दै सकियो । बाबु फुलराम चौधरीले आखाभरी आशु पार्दै भने छोरोलाई अव कस्ले बचाउला ? आफनै अगाडी छोराको मृत्यु देख्ने मन कस्को हुन्छ र । त्यस्तै भएको छ, उनका बाबु फुलरामलाई पनि, छोराको पिरले उनीमा बेलाबेला आत्महत्याको सोच समेत पलाउने गरेको छ । बाबुको मात्र होईन उनकी आमाको हालत पनि चिन्ताले दिन प्रतिदिन बिग्रदै जान थालेको छ । दिनभर मजदुरी गरेर परिवारको छाक टार्ने उनका दाजु भगबन चौधरीको दैनिकी पनि भाईको हेरचाह मै बित्ने गरेको छ । भाई बाच्ला भन्ने आश त छैन उनले रुन्चे स्वरमा भने, उपचारका लागि त्यत्रो पैसा कहाबाट ल्याउ ? रकम अभावले उपचार नहुने देखिएपछि परिवारले उनलाई घरमै जडीबुटी खुवाउन थालेका छन ।
शरिर र आखा समेत धेरै पहेलो देखिएको छ तर राम्रो संग जन्डिस चेक गराउने समेत परिवारमा पैसा छैन । कालिका माध्यामीक विद्यालय नौनियामा कक्षा १० मा पढ्ने उनीमा बाच्ने आश पुर्ण रुपमा मरेको छ । कुन दिन मरिन्छ भन्ने डरले उनीमा डेरा जमाएको छ । हामी छौ भनेर आश्वासन दिने समेत कोही छैनन् उनी संग, क्यान्सको पिडा भन्दा मर्ने पिडाले उनीलाई बढी गलाउदै गएको छ । गरिवको बच्चालाई नै भगवानले किन यस्तो गर्छ ? उनले डाको छोडेरै भने,... मुखबाट निस्किएको आक्रोशको आवाज र आखाबाट झरेका आशुले उनको मन हल्का पार्न बाहेक के नै हुन्थ्यो र, सबैले सहयोग गरे त बाचिहाल्थे की, बोली समेत स्पष्ट नहुने गरी उनको आवाज निस्कियो । सबैले सहयोग गरे बाच्ने आश त उनीमा पनि छ तर सहयोगी मनहरु भेट्न निकै मुस्किल छ आज भोली ।
एक एक थोपाले समुन्द्र बन्ने भएकाले सबैले सक्दो सहयोग गरे उनको उपचार गर्न सकिने उनका शिक्षक प्रमोद साउँद बताउछन । आफ्नो विद्यार्थी क्यान्सरको पिडाले छट्पटाउदा शिक्षकको मनमा पनि पहिरै जादो रहेछ । शिक्षक साउँदको अगुवाईमा उनकै कक्षाका साथीहरुबाट संकलित रकम र उज्यालो नौनिया युवा समाजले दिएको सहयोग रकम ७ हजार ५ सय ७५ रुपैयाँ समाजका संरक्षक एमं शिक्षक साउँदले शनिबार ब्लड क्यान्सर पिडीत चौधरीलाई हस्तान्त्रण गरे । यो सानो रकम सहयोग पाउदा समेत परिवारले केही राहतको अनुभुती गरेको छ ।
अन्य उपचारका लागि रकम अपुग हुने भएपनि जन्डिस चेकजाच गर्न भने सकिने बाबु फुलरामले बताए । क्यान्सर पिडीत चौधरीको उपचारका लागि सहयोग रकम संकलन गर्नुपर्ने भएकाले सबैले सक्दो सहयोग गर्न शिक्षक साउँदले आग्रह गरेका छन । उनका बाबु फुलरामले पनि मानवताको नाताले सबैले सहयोग गरी आफनो छोराको ज्यान जोगाई दिन सबैलाई आग्रह गरेका छन ।