लम्कीचुहा
पिपुल्स अस्पतालको बृहत कान शिविर सम्पन्न
कैलाली पोष्ट | २०७६ असोज ५ गते १३:१९ मा प्रकाशित
चन्द्र खनाल
लम्की/ असोज ४
कैलालीको लम्कीमा रहेको पिपुल्स सामुदायिक अस्पताल र सुकर्म समूहको संयुक्त आयोजनामा एक दिने निशुल्क कान शिविर शनिबार अबेर सम्पन्न
भएको छ । वीर बहादुर बुढा क्षेत्रीको स्मृतिमा आयोजित शिबिर प्राविधिक सहयोग व्रिनोज कान सामुदायिक स्वास्थ्य केन्द्र गुलरिया र बाँकेले गरेको हो भने सहयोग तथा समन्वय लम्कीचुहा नगरपालिका वडा नं १ को वडा कार्यालयले गरेको हो । पिपुल्स सामुदायिक अस्पतालका उपाध्यक्ष पदमराज जैसीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका प्रदेश सांसद रतन बहादुर थापा रहनु भएको थियो भने कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्य बहादुर थापा , लम्कीचुहा वडा नं १ का वडा अध्यक्ष जनक बहादुर बम , वडा नं ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउने रहनु भएको थियो । त्यसैगरी अतिथिमा वडा नं १ का सदस्य चन्द्रबहादुर बिक , वडा सदस्य द्रुपता बिक , चेतना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तोर बहादुर खत्री , सुकर्म समुहका प्रतिनिधि दिपक बिसी , समाजसेवी , अस्पतालका सदस्य लगायत विभिन्न अतिथि रहेका थिए । अस्पतालका संचालक समिति सदस्य मदनराज न्यौपानेको स्वागत मनतव्य संगै सुरु भएको कार्यक्रमको संचालन पिपुल्स सामुदायिक अस्पतालका सचिव चन्द्रकान्त खनालले गर्नु भएको थियो । १ दिने भएको निशुल्क कान शिविरमा करिब ६०० भन्दा बढीले कान सम्बन्धी समस्या भएकाहरुले उपचार सेवा लिएका अस्पतालका प्रशासन सहायक तथा शिविर व्यवस्थापन समितिका संयोजक चन्द्र प्रसाद खनालले जानकारी दिनु भएको छ । टाढा गई उपचार गर्न नसकेका कान सम्बन्धी समस्या भएकाहरुले लम्कीमा नै कानको उपचार सेवा लिन पाउँदा खुसी भएका छन् । उद्घाटन कार्यक्रममा बोल्नुहुदै प्रदेश सांसद थापाले समाजमा कान सम्बन्धी समस्या भएकाहरूको समस्यामा सुकर्म समुहले शिविर आयोजना गरेर मानवीय सेवामा उदाहरणीय कार्य गरेको बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका संयोजक थापाले सामुदायिक अस्पतालको विकासको लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता ब्यक्त गर्नु भयो । पिपुल्स सामुदायिक अस्पताल विभिन्न शिविरहरुको आयोजना गरी गरिब तथा आर्थिक रुपले उपचार गर्न नसक्नेहरुको साहारा बन्दै आएको छ ।