लम्कीचुहाका थारु समुदायमा पनि शान्त महामारी कायमै
प्रिन्स बि.क | २०७५ फाल्गुन २० गते १८:३८ मा प्रकाशित
<h>लम्कीचुहाका थारु समुदायमा पनि शान्त महामारी कायमै</h>
थारू समुदाय कुनै बेला मलेरिया प्रभावित मानिने नेपालको तराईका जिल्ला मध्यका कैलालीका विभिन्न क्षेत्रमा बसोबास गर्ने आदिवासी समेत हुन् । ४०÷५० पुस्तादेखि निरन्तर मलेरिया प्रभावित ठाउँमा बसोबास गरेका कारण मलेरियासँग लड्दा लड्दा उनीहरूको जीनमा नयाँ परिवर्तन आयो । जीनमा आएको यो नयाँ परिवर्तनले ‘सिकल सेल एनिमिया’ हुन पुग्यो ।
यही सिकल सेल एनिमिया लम्कीच्ुहा नगरपालिकाका थारु समुदायमा पनि देखिन थालेको छ ।सिकल सेल एनिमिया लाई शान्त महामारीको रुपमा लिईन्छ । वंशाणुगत रूपमा सर्ने रक्तअल्पता सम्बन्धी रोग हो सिकलसेल एनिमनिया जसको निराकरण गर्न अहिलेको चिकित्सा विधी र प्रविधीबाट सम्भव छैन् ।
आर्थिक बर्ष २०७४÷७५ लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखाले गरेको घुम्ती शिविर परिक्षण बाट लम्कीचुहा नगरपालिका मात्र ३ सय १८ जनामा सिकल सेल एमनिया देखिएको स्वास्थ्य शाखा प्रमुख जयन्ती वि.सी बताउछन् ।
स्वास्थ्य शाखा प्रमुख जयन्ती वि.सी का अनुसार सिकल सेल एमनिया बाट संक्रमित भएका मध्य लम्कीचुहा नगरपालिको वडा नं ९ को प्रतापुर क्षेत्रमा र वडा नं ४ को गिधिनिया क्षेत्र तिरका धेरै छन् । परिक्षण गराएका मध्यका ३ सय १८ ले सेती अन्चल अस्पतालमा पुनः परिक्षण गराउनुर्पो थियो तर उहाँहरु फ्लोअपमा आउनुभएन । सिकल सेल एमनिया देखिएका ३ सय १८ मध्यका करीब दुई सयमा सिकल सेल एमनिया लगभग हुन सक्छ । सिकलसेल पुर्णरुपमा नियण्त्रण गर्न भने सकिदैन तर यसको बेलमै पहिचान भएमा आयु भने लम्बाउन सकिन्ध ” विसी बताउछन् ।
सिकल सेल एनिमिया भए÷नभएको यकिन गर्न रगतको ‘हिमोग्लोबिन इलेक्ट्रोफोसिस’ को परीक्षण गर्नुपर्छ । सिकल सेल प्रभावित पश्चिम नेपालका सरकारी अस्पतालमा अझै यो सुविधा उपलब्ध छैन । महँगो शुल्क तिरेर काठमाडौं या भारतको दिल्ली या हरियाणाका निजी प्रयोगशालामा पठाउनुपर्छ । जीवन जिउन धौ–धौ पर्ने थारू परिवारका मूली र सदस्यहरूले कसरी नियमित रूपमा रगत जुटाउनु र औषधि किन्नका लागि पैसाको जोहो गर्नु यो समस्या पनि रहेको छ भने उपचार गरेर जिवन लम्बाउन त परै जाओस ।
लम्कीचुहा नगरपालिकामा सिकल सेल एमनिया बिरामी अझ बढी हुन सक्ने आकंलन स्वास्थयकर्मीको रहेको छ । लम्कीचुहा नगरपालिकाका वडा नं ९ ,४,७,३ बढी चौधरी समुदायको बसोबास रहेको छ । सिकल सेल परिक्षणमा लम्कीचुहा ३ मुक्त कमैया शिविर का बासिन्दाको परिक्षण हुन सकेको थिएन । त्यस क्षेत्रमा परिक्षण गरेमा संक्रमितको संख्या पक्कै बढ्ने विश्वास स्वास्थ्यकर्मीहरुको रहको छ ।
यस्तै लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले सिकल सेल रोग बाट संक्रमितका लागि सरकारले निःशुल्क उपचार गर्ने भएको हुदाँ नगर पालिका बाट संचालित स्वास्थ्य परिक्षण शिविरमा परिक्षण गर्न नछुटाउनु पर्ने बताउनु भयो ।
वंशाणुगत रूपमा सर्ने रक्तअल्पता सम्बन्धी रोग हो सिकलसेल एनिमनिया । स्वस्थ मानिसको शरीरमा हुने रक्तकोष गोलो हुन्छ तर सिकल सेल एनिमियाका बिरामीहरूको रक्तकोष हँसिया आकारको हुन्छ । रक्तकोषको आयु सामान्यतया १२० दिन हुन्छ तर गोलो हुनुपर्ने रक्तकोष हँसिया आकारको हुने र त्यो रगतमा दौडन नसक्ने हुँदा त्यस्ता बिरामीका रक्तकोषहरू २०÷२२ दिन मै मर्छन् । अनि शरीरका अंगहरूमा ‘अक्सिजन’ र ‘न्युटे«सन’ पुग्दैन र त्यहाँको तन्तु मर्छ । त्यसपछि मांसपेशी, जोर्नी र छाती दुख्ने समस्या देखिन थाल्छ ।