सुदुरपश्चिम प्रदेश
कैलालीमा आपसी विवादका क्रममा एक युवकको विभत्स हत्या
प्रशासक | २०८२ असोज २५ गते ०८:१२ मा प्रकाशित
कैलालीमा आपसी विवादका क्रममा एक युवकको विभत्स हत्या भएको छ ।
घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्या गरेको अभियोगमा संलग्न दुई युवकले राति नै प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
उनका अनुसार घोडाघोडीका १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री धारिलो हतियारले रेटिएको टाउको बोकेर इलाका प्रहरी कार्यालय सुखड पुगेका थिए । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
प्रहरीका अनुसार मृतक र आरोपीहरू स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका बेला विवाद भएको थियो । सोही क्रममा उनीहरूले धारिलो हतियार प्रहार गरी बुढाको घाँटी रेटेर हत्या गरेका थिए ।