विश्व
इजरायलमा मारिएका विपिन जोशीको शव भोलि काठमाडौं ल्याइँदै
प्रशासक | २०८२ कार्तिक ३ गते १०:११ मा प्रकाशित
इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार काठमाडौं ल्याइँदै छ ।
उनको शव फ्लाई दुबईको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो अवतरण गर्ने तालिका रहेको छ । इजरायल र हमासबीच युद्धविरामपछि बन्दी साटासाट क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।