सुदुरपश्चिम प्रदेश
कैलालीमा पेस्तोलसहित एक युवक पक्राउ
प्रशासक | २०८२ असोज २२ गते ११:३१ मा प्रकाशित
कैलालीमा पेस्तोलसहित एक युवक पक्राउ परेका छन ।
जिल्लाको घोडाघोडी नगरपालिका–१ बेलारका २३ वर्षीय आकाश शाहीलाई पेस्तोलसहित प्रहरीले मंगलवार पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुखडको टोलीले शाहीको घरको भान्सा कोठाभित्र लुकाइराखिएको अवस्थामा टाइप–५४ नम्बर ५५०१०२३४ को चाइनिज पेस्तोल एक थान र सोही पेस्तोलको म्यागजिन एक थान फेला पारेको हो।