सुदुरपश्चिम प्रदेश
कैलालीको सुखडमा प्रथम आमन्त्रीत घोडाघोडी कप फुटबल हुने
कैलाली पोष्ट | २०७६ असोज ६ गते १७:४७ मा प्रकाशित
प्रकाश मिश्र
सुखड / ६ असोज
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा प्रथम आमन्त्रीत घोडाघोडी कप फुटबल २०७६ हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दे घोडाघोडी क्लबले प्रथम आमन्त्रीत घोडाघोडी कप हुने जानकारी गराएको हो । “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ यहि असोज २५ देखी कार्तिक ९ गते प्रथम आमन्त्रीत घोडाघोडी कप फुटबल २०७६ हुने बताईएको छ ।
घोडाघोडी नगरपालिकामा फुटबलको चहलपहल बढाउने,यस क्षेत्रका अभिभावकहरुलाई फुटबल खेलप्रति उत्प्रेरित गराउने,सुदुरपश्चिमलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउने र युवाहरुलाई कुलतमा फस्न बाट बचाउने उदेश्यले प्रतियोगिता संचालन गर्न लागिएको घोडाघोडी क्लबका अध्यक्ष अर्जुन भट्ट“यादब”ले जानकारी दिनुभयो ।
प्रतियोगितामा सुदुरपश्चिम,मध्यपश्चिम जिल्लाका ए श्रेणीका टिम तथा विभागिय गरी १६ टिमको सहभागिता हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख १ सय १ र द्धितिय हुनेले १ लाख १ सय १ रुपैया पुरस्कार पाउने छन । साथै सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट गोलकर्ता,उदयमान खेलाडीहरुलाई पुरस्कार प्राप्त गर्ने क्लबका उपाध्यक्ष होम तामाङले जानकारी दिए । प्रथम आमन्त्रीत घोडाघोडी कप २०७६ घोडाघोडी क्लबको रंगशालामा हुने भएको छ । फुटबल खेलमा ३० लाख खर्च हुने र प्रतियोगितामा अन्दाजी ४५ हजार दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने बताईएको छ ।