अक्षर साहित्य प्रतिष्ठानको स्रष्टा आँगन तथा सम्मान कार्यक्रम राजापुर बर्दियामा सम्पन्न
कैलाली पोष्ट | २०७६ असोज ६ गते १५:३४ मा प्रकाशित
साहित्यको क्षेत्रमा पछिल्लो समयमा स्रष्टा आँगन तथा सम्मान कार्यक्रमले चर्चामा रहेको अक्षर साहित्य प्रतिष्ठानले आफ्नो एघारौं स्रष्टा आँगन तथा सम्मान कार्यक्रम राजापुर बर्दियामा भव्य रुपमा शनिबार सम्पन्न गरेको छ ।
संस्था स्थापना संगै विगत एकबर्ष देखि प्रत्येक महिनाको पहिलो शनिबार नियमित संचालन गर्दै आएको स्रष्टा आँगन तथा सम्मान कार्यक्रमको एघारौं शृङ्खला राजापुर साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार जेबी अनुरागीको आँगन राजापुर बद्रियामा सम्पन्न गरेको हो ।
राष्ट्रगानमा राष्ट्रप्रति सम्मान गर्दै सुरु भएको कार्यक्रममा वरिष्ठ साह्त्यिकार एवम् गीतकार स्वर्गीय प्रकाश राजापुरी,साहित्यकार जेवी अनुरागीको आमा बुवा र सहीदहरुको सम्झनामा माल्यापर्ण सहित मौनधारण गरी स्रष्टाले सम्मान व्यक्त गरेका थिए ।
अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार अमर वलीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै नपाली साहित्यमा स्रष्टा आँगन तथा सम्मान कार्यक्रम नयाँ र पृथक रहेको बताए । स्रष्टा आँगन तथा सम्मान कार्यक्रमकै कारण अक्षर साहित्य प्रतिष्ठान पहिचानमा आएको उनले बताए । स्रष्टाहरुको रचना वाचन संगै अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार संयोजक रोशन बोहराले जेवी अनरागीको व्यक्तित्व र जीवनी माथि समीक्षा गर्दै अनुरागी साहित्य जागरणका अभियन्ता रहेको बताए ।
स्रष्टा जेवीलाई साहित्य लेखनमा योगदान गर्ने जेवी अनरागीको जीवन संगिनी ज्योती शाही, राजापुर साहित्य प्रतिष्ठानका महासचिब एवम् साहित्यकार श्याम शराबी र पत्रकार बिक्रम कायस्थ लाई अक्षर साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष धनराज अविरल, प्रमुख अतिथि वरिष्ठ साहित्यकार जीवराज पाण्डेय र बर्दिया उद्योग बार्णिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मी र ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरिक्षक विश्वराज खड्काले सम्मानपत्र,दोसल्ला र फूलमालाले सम्मान गरेका थिए ।
अक्षर साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष धनराज अविरलले राज्यले भाषा, कला साहित्य र संस्कृतिको विकासमा जोड दिनुपर्ने बताए । राज्यको अर्थपूर्ण लगानी साहित्यमा हुन नसक्दा साहित्यको विकास हुन नसकेकोले अब भाषा, कला साहित्य र संस्कृतिको विकास गर्नलाई राज्यको ध्यानाकर्षण हुनुपर्ने अविरलले बताए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार जीवराज पाण्डेयले स्रष्टा आँगन तथा सम्मान कार्यक्रम नेपाली साहित्यको नमुना कार्यक्रम रहेको भन्दै स्रष्टाको आँगनमा स्रष्टाहरु जम्मा भएर स्रष्टाको परिवारका सदस्यलाई सम्मान गर्ने कार्य उत्कृष्ट रहेका बताए । स्रष्टालाई अक्षर साहित्य प्रतिष्ठानले वास्तवमै स्रष्टा बनाउन जिम्मेवार बनाएको पाण्डेयले बताए । साहित्य र पत्रकारिता अलग गर्न सकिदैन । पत्रकारलाई पनि सम्मान गर्ने कार्यले संस्थाको उचाई बडेको छ । बहुभाषिक कार्यक्रम सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै अक्षर साहित्य प्रतिष्ठानको परिवारको सदस्य भएको उनले दिल खोलेर घोणणा गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरिक्षक विश्वराज खड्काले पहिलो पटक साहित्यिक कार्यक्रममा सहभागी भएको र स्रष्टाहरुले देशभक्त पूर्ण रचना वाचन गरेकोले आफू प्रभावित भएको बताए देश निमार्णमा साहित्यकार हरुको महत्वपूर्ण भुमिका रहने उनले जोड दिए । बर्दिया उद्योग बार्णिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मीले १५ बर्ष देखि एउटै ठाउँमा रहेर पनि चिन्न नसकेको जेवी अनरागी आफूलाई आज अक्षर साहित्य प्रतिष्ठानले चिनाउन सफल भएको बताए । साहित्यको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रकाश राजापुरीको साहित्यिक जिम्मेवारी जेवी अनरागी र श्याम शराबीले बचाउनु पर्ने दायित्व रहेको उनले बताए । अक्षर साहित्य प्रतिष्ठानको स्रष्टा आँगन तथा सम्मान कार्यक्रमको रेग्मीले दिल खोलेर प्रशंसा गरे ।
कार्यक्रमका विशिष्ट अतिथि श्री अमर सहिद दशरथ चन्द्र मावि राजापुरका शिक्षक रबिराज शर्मा, देवकोटा कला साहित्य परिवारका अध्यक्ष बलबहादुर रावल, सुदूरपश्चिम कला साहित्य संगीत प्रतिष्ठानका उपाध्यक्ष बालकृण्ण खनालले रचना वाचन सँगै अक्षर साहित्य प्रतिष्ठानको स्रष्टा आँगन तथा सम्मान कार्यक्रमको महत्वको बारेमा मन्तव्य राखेका थिए ।
करिब ५० जना भन्दा बढी स्रष्टाले रचना वाचन गरेको कार्यक्रममा राजापुर साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार जेवी अनुरागी, साहित्यकार श्याम शराबी र पत्रकार बिक्रम कायस्थले अक्षर साहित्य प्रतिष्ठान कैलाली बाट आएर स्रष्टा आँगन तथा सम्मान कार्यक्रम अन्र्तरगत जेवी अनरागीको आँगनमा सम्मान गरेकोले खुसी भएको बताउँदै बढी जिम्मेवार बनाएको बताए ।
अक्षर साहित्य प्रतिष्ठानको स्थापना सँगै विगत एकबर्ष देखि चर्चित लोकप्रिय कार्यक्रम स्रष्टा आँगन तथा सम्मान कार्यक्रमले नेपाली साहित्यमा राम्रो पहिचान बनाउन सफल भएको छ । समाजमा साहित्य जागरण ल्याउदै आएको अक्षर साहित्य प्रतिष्ठानले कैलाली जिल्लामा मात्र नभई बाहिरी जिल्लामा समेत लोकप्रिय कार्यक्रम स्रष्टा आँगन तथा सम्मान कार्यक्रम गर्न सफल भएको अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार बिपी खनालले बताए । सुदूरपश्चिमको साहित्य सुस्ताउदै गएको बेला अक्षर साहित्य प्रतिष्ठानले नियमित सक्रिय साहित्य गतिबिधी गरेर सबैकोे ध्यानाआकर्षण गर्दै मन जित्न सक्षम भएकोे सम्मानित स्रष्टा ज्योती शाहीले बताए ।
अक्षर साहित्य प्रतिष्ठानका संरक्षक परमेश्वर कार्कीले संस्थाले छोटो समयमा धेरै ठूलो प्रगति गरेको भन्दै गाँउ घरमा साहित्यको जागरण ल्याउदै स्रष्टाहरु उत्पादन गर्ने काममा सफलता हाँसिल गरेको बताए । अब अक्षर साहित्य प्रतिष्ठानको यात्रा कहिल्यै नरोकिने र थप मजबुत बन्दै जाने उनी बताउँछन् ।
लम्की क्षेत्रको पहिलो बैधानिक साहित्यिक संस्था अक्षर साहित्य प्रतिष्ठान हो । २०७५ कार्तिक १४ गते जन्मेको अक्षर साहित्य प्रतिष्ठानले मंशिर १ गते बाट शुरु गरेको स्रष्टा आँगन तथा सम्मान कार्यक्रम एघारौं शृङ्खला राजापुरमा सम्पन्न गर्न सफल भएको सचिब एचडी अविरलले बताए । अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार बिपी खनालले संचालन गरेको कार्यक्रमको समीक्षा अक्षर साहित्य प्रतिष्ठानका हर्क देवकोटाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष तुल्सी संजेलले गरेका थिए । बाह्रौं स्रष्टा आँगन तथा सम्मान कार्यक्रम देवकोटा कला साहित्य परिवारका अध्यक्ष बलबहादुर रावलको आँगन टीकापुरमा हुने कोषाध्यक्ष रमेश आँशुले बताएकाछन् ।