सुदुरपश्चिम प्रदेश
द शनराईज इङ्लिस बोर्डिङ स्कुलमा बृक्षारोपन
एजेन्सी | २०७५ फाल्गुन २३ गते १६:२२ मा प्रकाशित
पदम ओझा
बौनिया फागुन २३
कैलालीको बर्दगोरिया गाउपालिका १ बौनियामा रहेको द शनराईज ईङ्लिस बोर्डिङ स्कुलले आफ्नो बिधालय हाता भित्र बाल उद्दान तथा फुलबारी बनाउने उद्देश्यले आज बृक्षारोपन गरेको छ । बिहिबार एक अनौपचारिक कार्यक्रमको आयोजना गरि बर्दगोरिया गाउपालिका अध्यक्ष बलिराम चौधरिले बिरुवा (फुल) रोप्दै उदघाटन गर्नु भएको हो । शिक्षा बिनाको जिबन र फुल बिनाको संसार निराश हुन्छ भन्ने नारा दिएको उक्त बिधालयमा बृक्षारोपन गरिएको हो । बृक्षारोपन गर्दै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले मानिस लाई चाहिने अक्सिजन बिरुवाबाट पाईने हुदा सबैले यसरी नै बोट बिरुवा लगाउनु पर्ने बताउनु भयो । अध्यक्ष थारुले बोट बिरुवा भए हामी र हामी भए बोट बिरुवा बाच्ने भएकाले गाउँ टोल-टोलमा अभियाननै चलाएर अगाडी लैजानु पर्ने बताउनु भयो । एउटा बिधालयले स्कुल हाता भित्र बगैचा बनाएर बोट बिरुवा रोपे धेरै मानिसले त्यसबाट अक्सिजन पाउने बताउनु भयो । साथै कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै बिधालयका पृन्सिपल अजय मल्लले बिधालय संगै बाताबरणलाई हरियाली बनाउने उद्देश्यले बृक्षारोपन गरिएको बताउनु भयो । साथै मल्लले बिधालयमा पढाई संगै बिद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि लैजान आवस्यक रहेको बताउनु भयो । बृक्षारोपन कार्यक्रममा गाउपालिका अध्यक्ष बलिराम डगौरा थारु,ईलाका प्रहरी कार्यालयका प्रमुख ध्रुव बहादुर बिष्ट ,ससस्त्र प्रहरी बेस क्याम्प बौनियाका राजेन्द्र बहादुर कुवर,असायका लागी सहयोगी हातहरु नेपालका अध्यक्ष बल बहादुर बिष्ट संचारकर्मी लगाएत बिधालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।