सुदुरपश्चिम प्रदेश
अछाममा खैरो हेरोइन सहित एक युवक पक्राउ
अक्षर साथी | २०८२ भाद्र २२ गते १३:५५ मा प्रकाशित
अछाममा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको साँफेबगर नगरपालिका–८ बयलपाटा, पिपल चौतारा बाट २५ वर्षीय समिर कुँवर पक्राउ परेका हुन्।
चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट १४० मिलिग्राम खैरो हेरोइन फेला पारेको हो । उनी मध्य पहाडी लोकमार्ग क्षेत्र बाट शनिबार राति पक्राउ परेका हुन् ।
कुँवरलाई जिल्ला प्रहरी कार्यालय, अछामको टोलीले नियन्त्रणमा लिएको हो र उनिमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।